arrow

काश्मिरमा नेपाल र नेपालीको स्वार्थ रक्षा हुनुपर्नेमा कांग्रेस नेताहरूको विमर्श

logo
प्रकाशित २०७६ भदौ १६ सोमबार
kasmir.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्य सहितका नेताहरूले काश्मिर विवादले नेपालमा पार्ने प्रभावका बारेमा छलफल गरेका छन्। छलफलको प्रारम्भ गर्दै आचार्यले काश्मिरमा काम गर्न नेपालीहरुका साथै नेपाली मुलका भारतीय नागरिकको एउटा गाउनै रहेको उल्लेख गर्दै नेपालले ती नागरिकको हित रक्षाका लागि पहल गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय राजनीतिको चर्चित बनेको विषयमा नेपालले आफ्नो धारणा बनाउनु पर्ने बताए।

आचार्यले भने,' पहिला स्वतन्त्र मुलुक काश्मिरमा राजा हरि सिंहको शासन थियो । भारतबाट अंग्रेजहरु छोडेर जाने समयमा भारत अधिनस्थ भएपनि स्वतन्त्रनै छोडिएको थियो । यसैविचमा पाकिस्तानका तर्फबाट आक्रमण भएपछि राजा हरिसंहले भारतसँग लिखित सहयोग मागे । भारतले तत्काल सेना ओरात्यो । पुरानो काश्मिरको भाग भारत, पाकिस्तान र चीनमा छ । चीनको भूभागमा जनता छैनन् । भारत र पाकिस्तानमा जनता छन् । राजा हिन्दु थिए । जनता केही हिन्दु छन् भने धेरै मुसलमान छन् । मुसलमान भएपनि सबैले पाकिस्तान जान चाहेका पनि छैनन् । यसलाई धार्मीक रुपले हेर्ने पनि गरिन्छ । यसमा भुगोल र जनताको मनोभावना बुझ्नु पर्ने हो । अन्तराष्ट्रिय राजनीतिको यो विषयमा हामीले धारणा बनाउनु पर्छ भनेर नै यो विषयमा छलफल गरिएको हो ।'

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन.पी. सावदले कास्मीरका राजा हरि सिंहको सरकारले भारतको सहयोग मागेर लडाई भएपछि भारतीयहरु लामो समयदेखि काश्मिरलाई आफ्नो क्षेत्र मान्दै आएको बताए। साउदले भने,' पाकिस्तानको त्यहाँको राजाले निर्णय गर्ने विषय होइन जनताले निर्णय गर्न पाउनुपर्छ भत्यो। यही विषयमा भारत पाकिस्तान दुईपटक युद्ध पनि भयो । यसको नेपाललाई पर्ने प्रभावका बारेमा चर्चा हुन जरूरी छ। भारतले पहिला दुईपक्षीय विवाद भन्थ्यो अहिले चीनमा भएको भूभागपनि भारतकैै हो भनेर भारतीय गृहमन्त्रीले संसद्मा बोलिसकेपछि चीनको पनि प्रतिक्रिया आएको छ। अहिले युएनमा गोप्य छलफलको विषयवस्तु बनेको छ। सीमा विवादमा बन्दुकले वा जनमतले निर्णय गर्दछ । पाकिस्तानले युएन मार्फत जनमतको निर्णय गराउन कोसिस गरेको छ भारतले हाम्रो भूभाग हो ऐतिहासिक रुपमा पनि यसमा छलफल गर्ने हो भने तयार छौं भनेको छ । जनमतको कुरालाई भारतले इन्कार गरेको छ । सन् १९५५ देखिनै जनसंघ/आरएसएस/विजेपीको मूख्य विषय भएर रहेको हो । अहिले उनीहरुले पारित गरेको अवस्था छ ।'

साउदले थपे,' अहिले जतिनै विवाद भएको देखिएपनि पाकिस्तान भारतसँग युद्धगर्ने अवस्थामा भएजस्तो देखिदैन। चीन पनि युद्ध गर्ने अवस्थामा देखिदैन । नेपालको भनाई संवादबाट हुनुपर्छ भन्ने छदैछ। हामीसँग दुईदेश सीमा जोडिएकै र तेस्रो पनि सार्क देश भएको हुनाले त्यसलाई पनि संवाद गर नै भनिएको छ। अहिले युएनले पनि हस्तक्षेप गरि नहाल्ने अवस्था भएको हुदा नेपालले धैर्यता राखेरनै प्रतिक्रिया दिनुपर्छ ।'

पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधानले यस्ता विषयमा सुरक्षा परिषदको बैठक बसेर धारणा बनाउनु पर्ने बताए। उनले भने, 'नेपालले छिमेकी मुलुकहरुको विश्वास लिन सक्नु पर्छ । नेपालको स्वार्थलाई मुख्य हेर्नुपर्छ । यस्ता विषय आउँदा कांग्रेस पार्टीमा पनि आन्तरिक छलफल हुनुपर्छ । परराष्ट्र मार्फत विज्ञहरुको धारणा लिएर एउटा राष्ट्रिय नीति बनाउनु पर्ने हुन्छ । '

कार्यक्रममा अन्य वक्ताले नेपालले पञ्चशीलको आधारमा असंलग्न परराष्ट्रनीति अख्तियार गर्नुपर्ने बताए । पृथ्वीनारायण शाहले लिएको नीति नै अहिले पनि सान्दर्भीक रहेको कतिपयको धारणा थियो । भारत र चीनले नेपालको भूभाग लिम्पुधुराको बारेमा निर्णय गरे जस्तो हुन दिनु भएन । पराराष्ट्रनीतिमा सबै पार्टी र सबै नेताको एउटै धारणा बन्न जरुरी हुने उल्लेख गर्दै उनीहरुले नेपालले आफ्नो धारणा नेपालको स्वार्थलाई केन्द्रमा राखेर बनाउनु पर्ने बताए। सहभागिहरुले भने,'  भारतीय सेनामा नेपाली नागरिकहरु छन् । युद्ध भयो भने हाम्रैै दाजुभाइहरु अघि सार्ने अवस्था पनि छ । त्यसैले युद्ध नभइ शान्ति र संवाद नैै यसको निकास हो भन्ने स्पष्ट दृष्टिकोणका साथ नेपाल सरकारले गम्भीरता पूर्वक कुटनीतिक प्रयास तत्काल थाल्नु पर्छ।'

कार्यक्रममा प्रदेश ३ का सांसद न्हुच्छेनारायण श्रेष्ठ, कांग्रेस महासमिति सदस्य हरिहर अधिकारी, महाधिवेशन प्रतिनिधि कृष्ण नेपाली, जिल्ला सदस्य रामचन्द्र घिमिरे, प्रभाकर पाण्डे, राजेश अधिकारी, जनक श्रेष्ठ, विष्णुप्रसाद ढकाल, देवीप्रसाद अधिकारी, श्याममणी आचार्य, झुमा राई लगायत सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ