arrow

प्रधानमन्त्रीको जिल्लामा भारतीय सहयोगमा विद्यालय, महान्यायाधिवक्ता खरेल र राजदुत पुरीले गरे उद्घाटन

logo
प्रकाशित २०७६ भदौ १६ सोमबार
jhapa-school-indian-help.jpg

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापामा भारत सरकारको सहयोगमा विद्यालय निर्माण गरि हस्तान्तरण गरिएको छ। 

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल तथा नेपालका लागि भारतीय राजदूत महामहिम मंजीव सिंह पुरीले प्रधानमन्त्री ओलीको गृहनगर झापाको गौरादह नगरपालिका वडा नं ५ मा स्कुलचौन उच्च माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरे।  

उद्घाटन कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल लगायत नेपाल सरकारका अधिकारिहरु, प्रदेश नं १ को राज्य सरकार, सामुदायिक अगुवा एवम् भारत सरकारका अधिकारीहरुको सहभागीता थियो ।

राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त स्कुलचौन उच्च माध्यमिक विद्यालय सन् १९६५ मा प्राथमिक विद्यालयबाट सुरु भई सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति भएको हो । विद्यालयले उच्च माध्यमिक तहका विभिन्न कार्यक्रमहरु प्रदान गर्दै आएको छ। विद्यालयमा करिब ११५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६०% छात्रा रहेका छन् । स्कुलचौन उच्च माध्यमिक विद्यालय झापा जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित छ ।

भारत सरकारको ३ करोड ५७ लाख रुपैंया अनुदान सहयोगमा निर्मित स्कुलचौनको दुई तल्ले नयाँ संरचनामा २५ वटा कक्षा कोठाहरु रहेका छन् जसमा प्रयोगशाला, प्रधानाध्यापक, पुस्तकालय, कर्मचारी, लेखाशाखा, बहुउद्देशीय कक्षाका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै फर्निचरका साथै शौचालय र कम्पाउण्ड वाल निर्माण गरिएका छन्।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। भारत सरकारले विद्यालय निर्माणको काममा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासको सराहना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ