arrow

बाबु छोरा हत्या प्रकरण : कुकुरसहितको प्रहरी टोली परिचालन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ भदौ १७ मंगलबार
syangja1.jpg

स्याङ्जा । हरिनास गाँउपालिका ३ ललहीमा धारिलो हतियार प्रयोग गरि बाबु छोराको हत्या भएको छ । स्याङ्जाको साविक मग्याम चिसापानीका बर्ष ३० का चित्रबहादुर खड्का र उनका ४ बर्षिय छोरा रिजन खड्काको हत्या भएको हो । विहान पख ४ बजे तिर मुखमा मास्क लगाएर आएका हतियार धारीले हत्या गरेको खड्काकी श्रीमतिले बताएकी छन् ।

घट्नापछि स्याङ्जाका प्रहरी प्रमुख नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । कसले र किन हत्या गर्‍यो भन्ने विषय अझै खुलेको छैन । जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकृष्ण भण्डारीका अनुसार हामीले घट्ना स्थलमै बसेर थप अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको बताए । जिल्ला प्रहरी र गण्डकी प्रदेशबाट कुकुरसहित आएको टोलीले अनुसन्धान गरिरहेको भण्डारीले जानकारी दिए । हत्या गरिएका बावु छोरालाई पोष्टमार्टमको लागि गण्डकी अस्पताल पोखरा लगिएको छ । पोष्टमार्टम पछि कस्तो हतियार प्रयोग भएको हो भन्ने अनुमान लगाउन सकिने प्रहरीले जनाएको छ ।  

प्रहरीले खड्काकी श्रीमति र मृतकको भाई लगायतलाई सोधपुछका लागि प्रहरीलेसगै ल्याएको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले जानकारी दिए । घट्ना स्थलको पहिलो चरणको अनुसन्धान भईसकेकोले थप अनुसन्धानका लागि मृतकका परिवारलाई साथमै ल्याएको लम्सालले जनाए । यो अत्यन्तै रिसिवीका कारण घट्ना भएको देखिन्छ प्रहरी प्रमुख लमसालले भने,“बाक्लो बस्ती नभएकोले पनि हत्या गर्न सजिलो भएको देखिन्छ ।”

यस बारे तिब्र गतिमा अनुसन्धान थालेका छौ लम्सालले भने । एउटै कोठामा फरक फरक खाटमा सुतेका श्रीमान श्रीमतिमा बाबु छोरा एउटा खाटमा र श्रीमति अर्को खाटमा सुतेका बेला घट्ना भएको बताइएको छ । हतियारले हानी रहेको देखेपछि खड्काकी श्रीमति चिच्चाएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । बैदेशीक रोजगारी पछि कुटानी पिसानीको मिल व्यवसाय गर्दै आएका खड्का अत्यन्तै इमान्दार र लगनशिल व्याक्ति रहेको स्थानीय सोमनाथ लम्सालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ