arrow

सुर्खेतमा सेनाको एयर बेस

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
PR-7-3.jpg

सुर्खेत । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतस्थित नेपाली सेनाद्वारा स्थापना गरिएको पश्चिम एयर बेस सञ्चालनको शुभारम्भ गरेका छन् ।

काठमाडौँबाट मात्र हुँदै आएको हवाई परिवहन सुविधालाई पश्चिम र पूर्व एयर बेस हुँदै मुलुकभर विस्तार गर्ने नीतिअनुरुप सेनाले सुर्खेतमा एयर बेसको विस्तार गरेको हो ।

सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेतस्थित पश्चिम एयर बेसमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको र हाल एमआई १७ सहित दुई वटा हेलिकोप्टर नियमितरूपमा तैनाथ गरिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सेनाले आगामी दश वर्षभित्र हवाई साधन थप गरी ‘सेकेन्ड लाइन मेन्टिनेन्स’सहितको सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।

एयर बेस सञ्चालनमा आएसँगै अब सुदूरपश्चिम क्षेत्रका नागरिकलाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटोछरितो ढङ्गबाट उद्धार तथा राहत वितरणमा सहयोग पुग्ने सेनाले विश्वास लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ