arrow

दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
helicopter1.jpg

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलबार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परी घाइते भएका तीन जनालाई हेलिकप्टरद्वारा उद्धार गरिँदै ।

रघुगंगा हाइड्रो लिमिटेडद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्पतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा घाइते भएका चार जनामध्ये चालकसहित तीन जनालाई एयर डाइनेष्टीको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

घाइतेमध्ये म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका चालक ओमबहादुर पुन र सर्वेयर बुद्धिसागर न्यौपानेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको हो।

आयोजनाले भाडामा लिएको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारी र प्रहरीले उद्धार गरका थिए। रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ