arrow

कपिलवस्तुमा ४ महिलाको डुवेर मृत्यु

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ भदौ १७ मंगलबार
dead-water.jpg

कपिलवस्तु । जिल्लामा सोमवार र मगलबार गरी स्थानीय नदिमा डुबेर ४ जना महिलाको ज्यान गएको छ । शुद्धोधन गाउंपालिकामा ३ जना र मायादेवी गाउंपालिकामा १ गरी ४ जनाको ज्यान गएको छ ।  शुद्धोधन गाउँपालिका– ६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनाको मंगलबार शव फेला परेको छ ।

तीजको दिन सोमबार बेपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव डुबेको स्थान नजिकै नदी किनारमा मंगलबार बिहान परेको थियो । बेपत्ता भएका अन्य २ जना ८ वर्षीया खुश्बु रैदास र २५ वर्षीया तारामती कोहारको शव मंगलबार दिउँसो दक्षिण मलखोरियाका नदी किनारमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शबलाई कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

त्यस्तै  मायादेबी गाउपालिका– ४ बुलाडीहवामा स्थानीय पोखरीमा डुबेर  मगलबार फेरी अर्की एक बालिकाको मृत्यु भएको छ । माहोम्द रफिक चिढिमारकी छोरी १५ बर्षिया जमिलाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।

सोमवार साझ आफनो भाईसंग नजिर्क रहेको पोखरीमा घास काटन गएकी थिईन । मृतको भाई एक घन्टा अघि नै घर फर्किएको तर घास लिन गएकी जमिला अबेर साझ सम्म पनि नपर्फिए पछि उनको खोजी गरिएको थियो । उनी साझ ७ बजेतिर पोखरीबाटै बेपत्ता भएकी थिईन । जमिलाको शव मंगलवार बिहान पोखरीमा तैरी रहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ