arrow

काठमाडौंमा मात्रै संचालन हुँदै आएको सेनाको एयर बेस सुर्खेतमा पनि स्थापना    

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
nepali-sena-news-pic.jpg.jpeg

सुर्खेत । नेपाली सेनाले पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा एयर बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै सञ्चालन हुँदै आएको हवाई पारवहन क्षमतालाई विस्तार गर्ने क्रममा मंगलबारदेखि सुर्खेतबाट एयर बेस सेवा सञ्चालन गरिएको हो ।     
     
प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार सुर्खेत एयरपोर्ट ब्यारेकमा एयर बेस सञ्चालन कार्यको शुभारम्भ गरे । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बेसमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको बताउँदै हाल एमआई–१७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ रहने जानकारी दिए ।     
     
“आगामी १० वर्षभित्र हवाई साधन थप गरी सेकेन्ड लाइन मेन्टिनेन्ससहितको सेवा प्रदान गर्ने उद्देश्य छ,” नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बेसले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका जनतालाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटोछरितो र प्रभावकारी ढङ्गबाट उद्धार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।”     
     
उक्त शुभारम्भ कार्यक्रममा युद्वकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा सम्भाररथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्चिम पृतनापतिलगायत उच्चपदस्थ सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ