arrow

'भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउदै'

logo
हाम्रा कुरा
प्रकाशित २०७६ भदौ १८ बुधबार
ramchandra-poudel6.jpg

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार दुईतिहाईको दम्भ देखाउदै अख्तियारलाई तर्साएर भ्रष्टाचारमा मुद्दा ढाकछोप गर्न लागेको आरोप लगाएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा वरिष्ठ नेता पौडेलले सरकारले भ्रष्टचारीलाई जोगाउनका लागि अख्तियारलाई तर्साउने गरेको उल्लेख गरेका छन् । 

पौडेलले  सरकारले दुई बर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न नसकेकोमा पनि असंतुष्टी जनाएका छन् । उनले अख्तियारलाई तर्साएर ठूला ठुला भ्रष्टाचारलाई जोगाउने काम गरेको र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार  काण्डलाई समेत ढोकछोप गर्न लागेको  बताएका छन् । 

उनले ट्वीटरमा लेखेका छन्– ‘यो सरकारले दुई बर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न सकेको छैन , अख्तियारलाई तर्साएर ठूला ठुला भ्रष्टाचारलाई जोगाउने काम गरेको छ र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार  काण्डलाई समेत ढोकछोप गर्न लागेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ