arrow

तीज मनाएर फर्किएका महिला सवार जिप दुर्घटना : २ जनाको मृत्यु, दर्जनौ घाईते

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ भदौ १८ बुधबार
jeep-acident1.jpg

स्याङ्जा ।  पाल्पाको रम्भा गाँउपालिकाको हुगीबाट स्याङ्जाको गल्याङ् तर्फ आइरहेको जीप दुर्घट्ना भएको छ । ग १ ज ३८३१ नम्वरको जीप गल्याङ नगरपालिका बजार नजिकै विपिसीको उकालोमा दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ । दुर्घटनामा परि मृत्यु भएका अन्दाजी साढे २ बर्षिय बालकको सनाखत हुन बाँकी छ । बालकको घट्नास्थलमै मृत्यु भएको छ भने रम्भागाँउपालिकाकी ५५ बर्षिय खनीमाया नेपालीको पाल्पा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाईएको छ । दुई जनाको गल्याङमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाईएका घाईतेमध्ये १२ महिला र ८ जना पुरुष रहेका छन् ।

दुर्घटनामा तीज मनाएर फर्किएका महिलाहरु परेको बताईएको छ । अत्यन्तै ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ