रुपन्देही । रुपन्देहीको भैरहवामा मोटरसाईकललाई भारतीय कारले ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।
भैरहवाको अञ्चलपुरमा भैरहवाबाट बुटवल तर्फ जादै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाईकललाई सोही दिशामा जादै गरेको युपी १४ सिबि ००८८ नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाईते भएका ओमसतिया गाउँपालिका वडा नम्बर ३ बस्ने ५८ बर्षिय प्रेमजित थारु र उनकी श्रीमती ५६ बर्षिय बासमति थारुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
ठक्कर दिने भारतीय गाडी र सो का चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।