डडेल्धुरा । सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चाकर्मीलाई विना कारण जागिर बाट निकालिएको प्रति ध्यानाकर्षण भएको जनाउदै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले रेडियो नेपालका कार्यकारी निर्देशकलाई ज्ञापन पत्र पठाएको छ ।
रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीमा कार्यरत सञ्चाकर्मी लाई बिना कारण कुनै जानकारी सम्म नदिई जागिर बाट निकालिएकाले पुर्नबहालीको माग गर्दै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत कार्यकारी निर्देशक लाई ज्ञापन पत्र पठाएको हो ।
लामो समय देखि सरकारी सञ्चार माध्यम रेडियो नेपालमा कार्यरत सञ्चारकर्मीहरु लाई बिना कारण जागिर बाट निकाल्नुले बिविभन्न समयमा विभिन्न तवर बाट पत्रकार माथी हुने पिडा माथी झनै पिडा थपिएको महसुस भएको जनाउदै प्रेस युनियन डडेल्धुराले पुर्नवहालीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेल लाई ज्ञापन पत्र बुझाउदै रेडियो नेपालका कार्यकारी निर्देशक सिहदरबार काठ्माण्डौ र रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटी लाई ज्ञापन पत्र पठाएको हो ।
रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीमा कार्यरत नेपाल प्रेस युनियन डोटी शाखा अध्यक्ष प्रकास बहादुर बम, उपाध्यक्ष चक्र कुँवर र केन्द्रिय पार्षद सुनिता रावल लाई विना कारण जागिर बाट निकालिनु रेडियो नेपालको ईतिहांस तथा पत्रकारिताको ईतिहांसमा सबै भन्दा दुःखदायी र आततायी घटनाको रुपमा लिएको भन्दै पुर्नबहालीको माग गर्दै ज्ञापन पत्र बुझाएको अध्यक्ष धन बहादुर भण्डारी द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
पुर्वाग्राही पुर्ण निर्णय तुरुन्त सच्याएर तिनै जनाको पुर्नबहाली गर्दै काममा फर्काउन नेपाल प्रेस युनियन डडेल्धुरा शाखा केन्द्रको निर्देशन अनुसार यस ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउदै जोडदार माग गर्दछ । ज्ञापन पत्रमा उल्लेख छ ।
अन्यथा पत्रकारकारको हकहित र सुरक्षाका लागी अन्यायपुर्ण अलोकतान्त्रिक निर्णय बिरुद्ध ठोस कदम सारी अगाडी बढ्ने प्रेस युनियको ज्ञापन पत्रमा भनिएको छ ।