हिमाल आरोही निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरीद्वारा सम्मान
प्रकाशित २०७६ भदौ १८ बुधबार
347
Shares
काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटर भन्दा बढि उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल आरोहण गरिसकेका निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरी बल, नेपालले सम्मान गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई दोसल्ला ओढाई सम्मान गरे ।
हिमाल आरोही निम्सले सात महिनाभित्र उल्लेखित १४ वटै हिमालहरुको सफल आरोहण गर्ने लक्ष्य लिएकोमा अब बाँकी रहेका तीन वटा हिमालहरुको आरोहण पुरा गर्ने लक्ष्य रहेको तथा आफु पूर्व ब्रिटिस गोर्खा सैनिक भएको कुरा उक्त विशेष समारोहमा जानकारी गराएका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा हिमाल आरोहणको क्षेत्रबाट देशको नाम विश्वमा फैलाउन सफल रहेको भन्दै हिमाल आरोही निम्सको साहस तथा लगन र योगदानको मुग्दकण्ठले प्रशंसा गरे ।
हिमालको सफल आरोहण कै कारण उनि विश्वमा निम्सको नामले चिनिएको प्रसंग उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपालको गौरवशाली इतिहास र परम्परालाई अगाडी बढाउन उनि सफल रहेको चर्चा गरे ।
हामीले सशस्त्र प्रहरी बलमा सेवारत रहेकोमा गर्व गर्ने गरेको स्मरण गर्नुहुँदै उनिले दायित्व निर्वाहका क्रममा सेवा तथा सुरक्षा र सहयोग
पुर्याउने मात्र नभई जोखिमपुर्ण स्थानहरुमा आपत विपद्मा उद्वार कार्यको लागि साहस चाहिने बताउदै त्यो साहस हिमाल आरोही निम्सबाट सिक्न सकिने उल्लेख गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले मान्छेहरुले आफ्नो तथा आफ्ना लागि सोच्ने गरेको तर निम्सले आफ्नो घर समेत विक्रि गरेर हिमाल आरोहण थालेको बताए । ‘उनिले त्यो के का लागि गरे त ? निश्चय नै देशका लागि हो’ भन्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल र नेपालीको नाम विश्वमा फैलाउन उनिले गरेको योगदान वास्तवमै सराहनिय रहेको उल्लेख गरे ।
कुनै पनि काम मन देखि नै सकारात्मक सोचकासाथ गरिएमा असम्भव केही पनि छैन भन्दै उनले आत्मालाई हरेश खान नदिएर लक्ष्यमा जुट्नु पर्ने र यसबाट जहिले पनि सफलता प्राप्त गर्न सघाउ पुग्ने बताए ।
छोटो समयमा उनिले गरेको योगदान सराहनीय रहेको तथा ईतिहास रच्ने यात्रामा उनिको प्रयास सम्मानजनक रहेको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले हिमाल आरोही निम्सको संकल्प र साहसको सबैले कदर गर्नुपर्ने चर्चा गरे ।
‘गर्न सक्छु भन्ने आत्मविश्वासकासाथ काम सुरुवात गरेमा कुनै पनि कुरा असम्भव छैन’ सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने– ‘प्रयास गरेमा विफल हुँदैन, त्यो कुरा हिमाल आरोही निम्सबाट सिक्न सकिन्छ ।’ उनिले सशस्त्र प्रहरी बलले राष्ट्र र जनताको खातीर योगदान पुर्याएको उल्लेख गर्दै विपद्का अवस्थाहरुमा जोखिम मोलेर सशस्त्र प्रहरी कर्मचारीले गरेको उद्वार कार्यको सबै तीरबाट प्रशंसा भएको कुरा समेत उल्लेख गरे ।
विश्व किर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ‘निम्स’ले उक्त विशेष समारोहमा विभिन्न हिमाल चढ्दाको आफ्नो गर्विलो अनुभव सुनाए। हिमाल आरोहणका कुरा गर्दा भावनात्मक रुपमा के भयो र के–के त्याग गरियो भन्ने कुरा आफ्नो स्मरणमा रहेको उल्लेख गर्दै उनले आफुले आफ्ना लागि नभई नेपाल र नेपालीको गौरवको लागि उक्त प्रयास गरेको बताए । उनिले भने– ‘नेपाली भन्दा गर्व लाग्छ ।’
‘गर्व र खुशी छु’ हिमाल आरोही निम्सले भने– ‘सशस्त्र प्रहरी बलले निमन्त्रणा गरेर आफ्नो कामको सराहना गरि आफुलाई सम्मान गरेर थप हौसला प्रदान गर्दै उत्प्रेरणा दिएकोमा यस संगठनप्रति आभारी छु ।’
म्याग्दी जिल्लामा जन्मनु भएका मेम्बर अफ ब्रिटिस इम्पायर (एम बी ई)बाट सुशोभित पूर्व ब्रिटिस गोर्खा सैनिक निर्मल पुर्जा ‘निम्स’ले आफु रोयल नेभीमा स्पेशल फोर्समा समेत कार्यरत रहेको विगत सो समारोहमा बताए । हिमाल आरोहणका लागि उक्त जागिर परित्याग गर्दै १२ दिनमा आठ हजार मिटर भन्दा अग्ला पाँचवटा हिमालहरुको सफल आरोहण गर्नुभएको अनुभव उनिसंग छ । उनिले दुई दिन ३० मिनेटमा सगरमाथा, लोत्से र मकालु हिमालको सफल आरोहण गर्दै पुरानो गिनीज बुक अफ दी वल्र्ड रेकर्डमा रहेको ५ दिन ३ घण्टा ३५ मिनेटको पुरानो रेकर्ड तोड्न सफल भएको कुरा त्यसअवसरमा जानकारी गराए ।