arrow

कांग्रेस कपिलस्तुमा नयाँ संरचना अनुसार जिम्मेबारी प्रदान

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
nepali-congress-flag.jpg.jpeg

कपिलवस्तु ।  नेपाली कांग्रेस कपिलवस्तुले नया संचरना अनुसार पार्टीको संगठन जिम्मेवारी प्रदान गरेको छ । सदरमुकाम  तौलिहवामा बसको पार्टीको जिल्ला कार्य समिति बैठकले संसदीय र प्रदेश स्तरको समिति गठन गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए ।

संसदीय क्षेत्र नम्बर १ को पार्टी सभापतिमा अब्दुल मन्नान खा, २ मा केशव कुमार श्रेष्ठ र ३ मा अकिल मिया रहेका छन । यस्तै क्षेत्र नम्बर १ को क को सभापतिमा शालिकराम चौधरी, ख मा वलीउद्दीन मुसलमान, २ को क मा राजेश्वर सिंह र ख मा गिरीजेश पाण्डे तथा ३ को क मा जयन्त्री प्रसाद चौधरी र ख मा बिनय गिरी रहेका छन ।

 यस्तै समितिले भदौ २४ गते देखि फेरी जागरण अभियान संचालन गर्ने निर्णय गरेको पार्टी सह सचिव बिरेन्द्र शुक्लाले बताए । संसदीय क्षेत्र नम्बर १ मा भदौ २१, २ मा २२, र ३ मा २३ गते जागरण अभियान संचालन गरिनेछ । यस्तै द्धन्दकालका बिभिन्न घटनाहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सत्तारुढ दलले षडयन्त्रपुर्वकम फसाउन खोजेकोले त्यसको दवाव स्वारुप बिभिन्न सचेताना र दवावमुलक कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ ।

 पार्टी सभापति सुरेन्द्रराज आचार्यले पार्टी नया संचाना अनुसार गठन भएकोले अब सशक्त रुपमा अघि बढने बताए । उनले पार्टीकास सबै नेता र कार्यकर्ताहरुलाई एक ढिक्का भएर अघि बढन आग्रह गरे ।  जिम्मेवारी दिएका पदाधीकारीहरुले आफ्नो क्षेत्रमा पार्टीका गतिविधी तथा जनताका समस्या बुझेर समस्या समाधान गर्नुपर्ने बताए ।

 यस्तै समितिले स्वतन्त्र सेनानी स्वर्गीय अब्दुल रंगरेजका छोरा जाबेद रंगरेजलाई २१ हजार ६ सय रुपैया नगद समेत प्रदान गरेको पार्टी नेता अनुप पाण्डेयले बताए ।  लामो समयदेखी जिम्मेवारीहरु दिन नसकेको अवस्थामा जिम्मेवारी पाएपछी पार्टीका कामलाई निरन्तरता र सक्रिय रुपमा काम गर्ने क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ