arrow

कांग्रेसको भदौ २० देखि हुने महाधिवेशन प्रतिनिधि प्रशिक्षणको तयारी पूरा  

logo
हाम्रा कुरा
प्रकाशित २०७६ भदौ १९ बिहिबार
nepali-congress-flag.jpg.jpeg

भक्तपुर । नेपाली काङ्ग्रेसले भक्तपुरमा आयोजना गर्न लागेको प्रदेश नं ३ का सातवटा जिल्लाका महाधिवेशन प्रतिनिधिको दुईदिने प्रशिक्षणको तयारी पूरा भएको जनाएको छ ।     
     
 नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही भदौ २० र २१ गते मध्यपुरथिमि नगरपालिका–९ बोडे स्थित कृषि विकास बैंकको तालीम केन्द्रमा सो प्रशिक्षण गर्न लागेको हो । 

नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिको संयोजन तथा व्यवस्थापनमा आयोजना हुन लागेको प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जानकारी दिए ।
     
 उनले भने, “भक्तपुरमा प्रदेश नं ३ का १३ जिल्लामध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका सात जिल्लाका ३१० जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।”     
     
 प्रतिष्ठानले प्रदेश ३ मा दुई स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ । प्रदेश ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिड, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।     
     
 काङ्ग्रेसले प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगन्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण चलाउने भएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ