arrow

मौसम राम्रो छैन, सतर्कता जरुरी, यस्तो छ तीन दिनको अवस्था

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
weather.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान निकाल्दै सतर्क रहन आग्रह गरेको छ । 

विभागले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । 

काठमाडौं उपत्यकाको मौसम बिहानदेखि नै खुल्न सकेको छैन । बुधबार पनि राम्रोसंग मौसम खुल्न सकेको थिएन । वर्षासमेत भएको थियो । 

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्लादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । 

राति पनि केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सार्थ पश्चिमी पहाडी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

आगामी २४ घण्टाका लागि मेघगर्जन र चट्याङसहित वर्षाका साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

यसको प्रभावले पहाडी भूभागमा पहिरो जान सक्ने, हवाइ तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

शुक्रबार पनि दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । 

त्यस्तै राति पनि पश्चिमी पहाडी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ भने चट्याङसमेत पर्न सक्नेछ । 

शनिबारसमेत मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ । 

मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेको र बंगालको खाडीको उत्तरपश्चिमी भागमा एउटा न्यून चापिय प्रणाली बनेको विभागले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ