arrow

अदालतले दोषी ठहर गरेका एमालेका पूर्वसांसद डीबी कार्की प्रहरीको नियन्त्रणमा 

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
db-karki.jpg

काठमाडौं । तत्कालीन एमालेका सांसद डोलबहादुर (डीबी) कार्की प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेको आरोप लागेका उनलाई बिहीबार बिहान काठमाडौंको कलंकी आसपास क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । 

उनी नौ वर्ष पहिले घुससहित पक्राउ परेका थिए । लमजुङबाट तत्कालिन नेकपा एमालेका समानुपातिक सांसद कार्कीलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको थियो ।

पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका थिए । प्रहरी निरीक्षकमा भर्ना गर्न भनेर लिएको घुस रकममध्ये एक लाख रुपैयाँ प्रहरीले स्वामीको घरबाट बरामद गरेको थियो ।

उनलाई सर्वोच्चले दोषी ठहर गरेपछि भागेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ