arrow

'राजतन्त्र समाप्त पार्न खुफिया एजेन्सीको योजनामा पुर्व प्रमको प्रयोग गरिएको नगरिएको छानबिन हुनुपर्छ'

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
kamals.jpg

काठमाडौं ।  राप्रपा अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र अन्त्यका लागि बिदेशी खुफिया एजेन्सीको योजना बमोजिम मुलुकको पुर्व प्रधानमन्त्री र भबिष्यमा पनि प्रधानमन्त्री हुन सक्ने सम्मानित ब्यक्तीलाई प्रयोग गरिएको भन्ने बिषय राष्ट्रिय सुरक्षा र प्रजातन्त्रको भबिष्यको सन्दर्भमा अन्त्यन्त गम्भीर र संबेदनशील भएको बताएका छन् । थापाले सो सम्बन्धमा संसदले छानबिन समिती गठन गर्नुपर्ने बताएका छन् ।

बिहिबार भरतपुर बिमानस्थलमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले भने,'गणतन्त्र , धर्म निरपेक्षता र संघीयता लाद्नको निमित्त बाह्य शक्तिको अभिप्रेरणा र भुमिका बारम्बार  पुष्टि हुदै आईरहेकोमा अहिले नयाँ ढंगबाट  अत्यन्त गम्भीर र संबेदनसिल बिषय आएको छ । राजनीतिक दल र नेताहरु प्रयोग गरेको बिषय साधारण बिषय होइन, यसबारे अब निराकरण हुनुपर्छ ।'

'जसरी अमेरिकी राष्ट्रपति निर्बाचनमा रुसको भुमिका रहेको भन्ने बारे अहिले त्यहाँको संसदले छानबिन गरिरहेको छ , यहाँ पनि छानबिन समिती निर्माण गर्नुपर्दछ'- थापाले भने ।

अध्यक्ष थापाले गाईको बिषय अत्यन्तै संबेदनसिल बिषय हो भन्दै यसबारे अबिलम्ब छानबिन गरि दोषीलाई कार्बाही गर्नुपर्छ भनेर पहिलो आवाज उठाउने राप्रपा हो,सरकारले तदारुकताका साथ समिती गठन गरेकोमा खुशी छौ भने ।

उनले थपे,'नेपालगन्ज उपमहानगरले पनि समिति गठन गरेको छ, १५ दिनमा प्रतिबेदन आएपछि के गर्नुपर्छ हामी निर्णय गर्छौ । नेपालगन्जका मेयर डाक्टर धवल शमशेर राणासङ्ग यस बारेमा जानकारी लिएको र उनकै उपस्थितिमा पदाधिकारी बैठक बसि छानबिन गर्न बैठकले आग्रह गरेको समेत गरिएको छ ।'

प्रदेश -३ को राजधानी तोक्न ढिला भैसकेको भन्दै थापाले आफ्नो गृहनगर भएर हेटौंडाको निर्णय गरेको नभई सबै दृष्टिकोणबाट उत्तम भएकोले हेटौंडा नै राजधानी हुनुपर्ने बताए । जनताले सकारात्मक परिबर्तको अनुभुती गर्न नसकेको त्रुटि कमजोरी सच्याउन सरकारले पहलकदमी नलिएकोमा थापाको आक्रोश थियो ।

बेरोजगारी, भ्रस्टाचार र धर्मपरिबर्तन र करछली प्रती सरकारको उदाशिनताप्रती थापाले तिब्र रोष प्रकट गरे । आगामी दिनमा हिन्दुराष्ट्रको अभियानको निमित्त पार्टीले शसक्त अभियान संचालन गर्ने समेत थापाले बताए । भेटघाटमा पार्टीका वरिष्ठ नेता दिपक बोहरा सहायक महामन्त्री राजाराम बर्तौला, बिन्दु पहाडी, केन्द्रिय सदस्य बलराम थापा, सुरज न्यौपाने, चितवन अध्यक्ष दिलिप पाण्डे  लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ