arrow

कांग्रेसको दोस्रोचरणको जागरण घोषणा, ३३० प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम

७ गते सबै जिल्लामा प्रदर्शन, ३४ हजार ९ सय विरुवा रोपिने

logo
सुजिता बडाल,
प्रकाशित २०७६ भदौ १९ बिहिबार
nc-party-office.png

काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा दोस्रो चरणको जनजागरण कार्यक्रम गर्न अभियानको घोषणा गरको छ। कांग्रेसले पार्टी केन्द्र्रिय कार्यालय सानेपामा बिहिबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको जागरण कार्यक्रमको घोषणा गरेको हो।

कांग्रेसले ७७ जिल्ला, सबै प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा जागरण गर्ने लक्ष्य अन्तर्गत १०६औं विपिजयन्तीको अवसर पारेर २४ भदौबाट ७ असोजसम्म प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा दोस्र्रो चरणको जागरण गर्ने घोषणा गरेको हो। प्रवक्ता व्रिश्वप्रकाश शर्माले २४ भदौबाट सुरु हुने अभियान ७ असोजमा जिल्ला स्तरीय विरोध प्र्रदर्शन सहित समापन हुने बताए। 

कांग्रेसले बढ्दो महँगी तथा भ्रष्टाचार, वाइडबडी काण्ड, बढ्दो हत्या हिंसा तथा बलात्कार, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयक तथा कम्युनिष्ट सासकका गलत सासन बिरुद्ध दोस्रो चरणको अभियानलाई जनताका बीच लाने प्रवक्ता शर्माले जानकारी दिए।

यस अघि कांग्रेसले ७७ वटै जिल्लामा पहिलो चरण अन्तर्गत २५ बैशाखबाट २५ जेठसम्म एक महिने जागरण चलाएको थियो। कांग्रेसले संगठन सुदृढीकरण, सरकार विरुद्धका गतिविधि लगायतका १५ वटा मुख्य मुद्दालाई लिएर जनजागरण अभियान गर्दै आएको छ। कांग्रेसले तेस्रो चरणको अभियान भने ७ पुसबाट १६ गतेसम्म अर्थात १० दिन ७ सय ५३ वटै स्थानीय तहमा जनजागरण अभियान गर्ने लक्ष्य लिएको छ।

जागरण अभियानमार्फत कांग्रेसले नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्ने लगायतका उद्देश्य लिएको छ। 

कांग्रेसले पहिलो चरणको जागरण अभियानबाट पार्टीका कार्यक्रमलाई भद्धा हुन बाट रोक्न भन्दै पार्टीका गतिविधिहरुमा बोल्ने वक्तालाई समेत नियन्त्रणको नीति लिएको छ। दोस्र्रो चरणमा पनि सोही शैलीलाई काग्रेसले निरन्तरता दिने छ। यस्तै, कांग्रेसले पार्टीको कार्यक्रममा ‘ब्याच’ लाई प्रतिबन्ध लगाएको छ। पार्टीका कार्यक्रममा अनावश्यक रूपमा समय खर्च हुने भन्दै कांग्रेसले कार्यक्रमबाट ‘ब्याच’लाई प्रतिबन्ध गरेको हो।

कांग्रेसले जनजागरण अभियानका क्रममा हुने कार्यकममा दीर्घजीवी विरुवा रोपेर र दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उदघाटन गर्नेछ। दोस्रो चरणको अभियानमा ३४ हजार ९ सय विरुवा रोपिने प्रवक्ता शर्माले जानकारी दिएका हुन। कांग्रेस उपसभापति विमलेन्द्र निधिले जागरण मार्फत केन्द्रिय तहका नेता देखि वडातहसम्मका नेता, काग्रेस र जनता तथा काग्रेस र मतदाताका बीचमा संवाद र सम्पर्क स्थापित गर्ने पार्टीको लक्ष्य रहेको बताए। 

कांग्रेसले यस अभियानमार्फत २००७ सालदेखि २०१७, २०१७ देखि २०३६ र २०३६ देखि २०४६ सम्मका विभिन्न चरणका आन्दोलनमा सहभागी भएका आफ्ना नेताहरूको समेत खोजी गर्ने लक्ष्य लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ