arrow

गाई हत्याबारे छानबिन टोली घटनास्थलमा

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
cow-dead.jpg

सुर्खेत । सुर्खेतको कटुकामा भएको गाईहत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ  । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नाका साथै  जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित  कागजात पनि लिएको छ ।

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी पनि गरिएको टोलीका संयोजक सागरमणि पाठकले जानकारी दिए।

बुधबार साँझ दैलेख आएको टोलीले बिहीबार बिहान जिल्ला समन्वय समितिका संयोजक प्रेम थापालगायतसँग छलफल गरेको थियो ।

यसअघि नेपालगञ्जबाट पनि सात जनाको छानबिन टोली दैलेख आई विभिन्न निकायसँग सोधपुछ गरिसकेको थियो । जिल्ला समन्वय समितिले उन्नत गाई पठाइदिन पठाएको आधिकारिक पत्रबारे पनि अहिले भिन्न–भिन्न बहस हुन थालेको छ  ।

 उक्त समितिले किसानलाई निःशुल्क उन्नत गाई उपलब्ध गराउने निर्णयसहित भदौ ८ गते पत्र पठाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ