arrow

कमल थापाले गरे पार्टी एकताको लागि आव्हान

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
kamal-thapa-rpp-tucon.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकताको लागि आव्हान गरेका छन् ।  राष्ट्रवादी प्रजतान्त्रिक शक्ति निर्माण गर्न अब ढिलो गर्नुहुन्न भन्दै थापाले जनताले कंग्रेस र कम्युनिष्टको विकल्प खोजि रहेको बताएका छन् ।

थापाले आफ्नो ट्विटर ह्यान्डलबाट  देशको वर्तमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टी एकताको पक्षमा साहसिक र उदार निर्णय गर्न राप्रपा (संयुक्त)लाई आह्वान गर्दछु भनेका छन् ।

 राप्रपा (संयुक्त) को केन्द्रिय समितिको बैठक चलिरहेको बेलामा उनको आव्हानलाई अर्थ पुर्ण रुपमा हेरिएको छ । थापा नवलपुर , नवलपरासी र रुपन्देही जिल्लाको भ्रमणमा छन् ।

शुक्रबारबाट शुरु हुने युबा संगठनको राष्ट्रिय परिषद् बैठकको थापाले बुटवलमा उद्घाटन गर्ने कार्यक्रम रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ