arrow

विद्यालय जाँदै गरेकी छात्रामाथि एसिड प्रहार, मेयरले पठाए काठमाडौं

logo
हाम्रा कुरा
प्रकाशित २०७६ भदौ २० शुक्रबार
tejab.JPG

वीरगन्ज । एसिड प्रहारबाट घाइते भएकी छात्रा मुस्कान खातुनलाई काठमाडौं  पठाइएको छ । शुक्रबार बिहान अध्ययनका लागि विद्यालय जाँदै गर्दा मुस्कानमाथि दुई जना युवकले वीरगन्जको गणेशमान चौमामा एसिड प्रहार गरेका थिए । 

एसिड प्रहारबाट घाइते भएकी छात्रालाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग र पहलमा किर्तिपुरको बर्ण हस्पीटल पठाइएको छ ।

उनलाई उपचारका लागि शुक्रबार बिहान नारायणी अस्पताल लगिएको थियो । मुसकान खातुनको उपचार भइरहेको नारायणी अस्पतालमा नगर प्रमुख सरावगी आफै पुगी स्थास्थ्य अवस्थाको  बारेमा जानकारी लिएका थिए ।

त्रिभुवन माध्यमिक विद्यालयमा अध्यनरत बर्ष १५ बर्षिय खातुनको  अवस्था गम्भिर रहेको चिकित्सकहरुको सल्लाहपछि नगरप्रमुख सरावगीले पिडितको अभिभावक रसूल मियालाइ आर्थिक सहयोग गर्दै एम्बुलेन्सको व्यवस्थापन गरि काठमाडौं पठाएका हुन्  ।

नारायणी केन्द्रीय अस्पताल पुगेका नगर प्रमुख सरावगीले खातुनको शिघ्र स्वास्थ्यको  कामना गर्दै कुनैपनि बहाना होस, एसिड प्रहार जघन्य अपराध भएको बताउदै दोसी माथी कडा भन्दा कडा कार्यवाहि हुनु पर्ने बताए।

यस्ता जघन्य अपराधबाट वालिकाहरुलाई बचाउन प्रहरी प्रशासनबाट पनि बिशेष पहलको  आवश्यकता रहेको उनको भनाइ समेत रहेको छ ।

प्रहरीले छात्रालाई एसिड प्रहार गरेको अभियोगमा एक युवकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा सम्साद मिया रहेका छन् भने अर्का माजिद आलम फरार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ