arrow

प्रधानमन्त्रीका चिकित्सकले जारी गरे वक्तव्य, प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
pm-oli4.jpg

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहेको  उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिए ।

डा शाहले शुक्रबार प्रेस वक्तव्य जारी गरी उनको स्वास्थ्यावस्था सामान्य रहेको  स्पष्ट गरेका छन् ।  प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया (प्लाज्मा फेरेसिस)  पूरा भएको वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटल गएका थिए । सिङ्गापुरबाट स्वास्थ्योपचार पूरा गरी उनि शुक्रबार स्वदेश फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ