arrow

कम्युनिष्टहरु शासन गर्न असफल भएपछि प्रतिगमनको हौवा चलाउन लागे : वरिष्ठ नेता पौडेल

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
poudel-ramchandra.jpg

भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता सञ्चालनमा असफल भएपछि कम्युनिष्टहरुले प्रतिगमन आउन लागेको हौवा फैलाएको बताएका छन् । प्रदेश नं. ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि भक्तपुरमा शुक्रबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटनमा वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरु सत्ता सञ्चालन गर्न असक्षम हुन्छन भन्ने पुष्टी भइसकेको बताए ।

उनले भने,‘प्रतिगमन आउन लाग्यो भनेर कम्युनिष्ट नेताहरु अत्तालिन थालेको देखिन्छ । यो केको परिणाम हो ? सत्ता सञ्चालन गर्न नसकेपछि प्रतिगमनको हौवा फैलाउन लागेको छन् । यो सरासर कम्युनिस्ट सरकारको पूर्ण असफलताको परिणाम हो । यो सरकार असफल भएको छ । दुईतिहाइ बहुमत पाएर पनि यो सरकार असफल भएको छ ।’

पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भइसकेको पनि जिकिर गरे । सरकार असफल भएकै कारण सत्ता पक्षका नेताहरु मुलुकमा प्रतिगमन आउन थाल्यो भन्दै आत्तालिन थालेका पौडेलको भनाइ थियो ।  

संसदमा दुईतिहाइ बहुमत प्राप्त सरकार गठन भएको दुई वर्ष पनि नपुग्दै जनतामा छाएको निराशाले कम्युनिस्टहरु देश चलाउन असक्षम भएको पुष्टि गरेको नेता पौडेलको भनाइ थियो । पौडेलले भने, ‘सत्तारुढ दलका शीर्ष तहका नेताहरुले बेला बेलामा भनिरहेका छन– हामीले काम गर्न सकेनौं, प्रतिक्रियावादी शक्तिहरुले मुन्टो उठाए । प्रतिगामीले मुन्टो उठाए । यो कम्युनिष्टहरुको अक्ष्मता हो ।’

वरिष्ठ नेता पौडेलले मुलुकको प्रधानमन्त्री, सत्तारुढ दलका ठुला नेता प्रतिगमन आउन लाग्यो  अहिलेको व्यवसथामाथि आक्रण सुरु भयो भन्दै हारगुहार गर्न थालेकोमा आपत्ती जनाए । उनले भने,‘प्रधानमन्त्री सर्वदलिय बैठक बोलाएर हारगुहार गर्न थालेका छन् । किन चलाइदै छ प्रतिगमनको हौवा, कतै असफता ढाकछोप गर्नका लागि त होइन् ।’

उनले जनताले बहुमत दिँदा पनि नेकपा नेतृत्वको सरकारले प्रदेशको नाम र राजधानीसमेत टुंग्याउन नसकेको भन्दै आपत्ति जनाए । ‘दुईतिहाइ बहमुत ल्याएका छन्, प्रदेशको नाम तोक्न सक्दैनन्, राजधानी तोक्न सक्दैनन्’ वरिष्ठ नेता पौडेलले भने, ‘दुईतिहाइ ल्याएका छन्, हामीले २५–२६ किलोमिटर सुरुङ खनेर ओरालिदिएको सुन्दरीजलबाट पानी दिन सकिरहेको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ