arrow

चीनका विदेशमन्त्री वाङ यी आइतबार आउँदै

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
chinese-foreign-minister-wang-yis.jpg

काठमाडौं ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउँदै छन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ