arrow

कांग्रेस सर्लाहीमा को को बने सभापति ?

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
congress-sarlahi.jpg

सर्लाही। नेपाली कंगेस सर्लाहीले सर्लाहीका चार वटै सङ्घीय निर्वाचन क्षेत्र र आठ वटै प्रदेश निर्वाचन क्षेत्रमा सभापतिहरुको टुङ्गो लगाएको छ ।

केन्द्रीय कार्य समितिबाट प्राप्त मापदण्डसहितको निर्देशिका अनुसार क्षेत्रगत रुपमा सबै नेता कार्यकर्ताको सहमतिमा सभापतिहरुको टुङ्गो लगाइएको कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले जानकारी दिए।

सङ्घीय क्षेत्र नम्वर १ मा प्रमोद बराल, १ को (क) मा अनिलकुमार कर्ण, (ख) मा सेख सहदुल्ला सभापतिमा चयन भए। सङ्घीय क्षेत्र नम्वर २ मा दिनेश मिश्र, २ को (क) मा सुरेश राय र (ख) मा नरेन्द्रकुमार खिरहरी क्षेत्रीय सभापतिमा चयन भएका छन् ।

त्यसैगरी क्षेत्र नम्वर ३ को सभापतिमा पुण्यप्रसाद घिमिरे, ३ को (क) मा कर्णबहादुर महत, (ख) मा बिजयकुमार चौधरी र निर्वाचन क्षेत्र ४ को सभापतिमा रामआश्र साह, ४ को (क) मा हरेन्द्र सहनी र (ख) मा अशोककुमार सिंह सभापतिमा चयन भएका छ्न्।

क्षेत्र नम्वर १ को ईश्वरपुर, २ को सदरमुकाम मलङ्गवा, ३ को बरहथवा र क्षेत्र नम्वर ४ को धनकौलमा सबै अगुवा नेता कार्यकर्ताको उपस्थितिमा सभापतिको टुङ्गो लगाइएको जिल्ला सभापति रायले बताए।

केन्द्रको निर्देशन अनुसार तत्काल सभापतिको मात्रै टुङ्गो लगाइएको र आगामी दिनमा प्राप्त निर्देशन अनुसार बाँकी पदाधिकारी चयन गर्दै जाने कांग्रेस सर्लाहीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ