arrow

महाधिवेशनको तालिका पछि मात्र उमेद्वारीबारे बोल्छु: सिटौला

logo
.
प्रकाशित २०७६ भदौ २० शुक्रबार
krishna-sitaula.JPG

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत फेरि जनताको माझमा जान लागेको बताएका छन् ।

सिटौलाले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए ।

मङ्सिरसम्म सङ्गठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मङ्सिरअघि १३ औँ महाधिवेशनको सङ्गठनलाई सङ्घीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने बताए । वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो ।

केन्द्रको कमजोरीका कारण नेविसंघ र तरुणदलले पूर्णता पाउन नसकेको सिटौलाको भनाई थियो। पूर्णता नपाउँदा पार्टीलाई नै असर परेको उनले टिप्पणी गरे। 

अबको महाधिवेशनमा तपाईँको उम्मेदवारी हुन्छ भन्ने जिज्ञाशामा सिटौलाले भने, “महाधिवेशनको तालिका तयार भएपछि सबै कुरा आउँछ किन हतारिनु पर्यो र ?"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ