arrow

दाङमा डुबेर तीनको मृत्यु

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार
Dang-hamrakura.jpg.jpeg

घोराही। दाङमा डुबेर आज तीन जनाको मृत्यु भएको छ। खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान करीब १०:३० बजेतिर घोराही उपमहानगरपालिका–७ राजपुरकी एक बालिकाको कुलोमा डुबेर मृत्यु भएको हो। एक वर्षीया बालिका खेल्ने क्रममा कुलोमा डुबेको थाहा पाएपछि परिवारले उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको केही समयपछि नै चिकित्सकले मृत घोषणा गरेका थिए।
 
यस्तै तुलसीपुर उपमहानगरपालिका–८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ। सल्यान कपुरकोट गाउँपालिका–५ घर भई तुलसीपुर कटरकुइयामा बङ्गुरपालन गर्दै आएका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई सोही ठाउँमा बस्दै आएका २६ वर्षीय मिलन लामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

करेन्ट लागेर घाइते
आज करीब १०:३० बजेको समयमा घोराही–१५ भिङ्ग्रेलीचेकमा बस्ने रोशन दाहालको नयाँ घर निर्माणका क्रममा एक कामदार गम्भीर घाइते भएका छन्। घर निर्माण गर्ने क्रममा घरमाथिको सप्लाइ लाइनबाट एक्कासी करेण्ट सर्ट हुँदा घोराही–१८ रझेना बस्ने २५ वर्षीय शिशिर चौधरी घाइते भएका हुन्। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपश्चात थप उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँके सिफारिश गरिएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ