arrow

हिन्दुराष्ट्रको मुद्धामा उपसभापति निधि र महाधिवेशन प्रतिनिधि बिच चर्काचर्की

logo
हाम्रा कुरा
प्रकाशित २०७६ भदौ २१ शनिबार
bimalendra_nidhi_final.jpg

भक्तपुर। नेपाली कांंग्रेसको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले भक्तपुरको बोडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा हिन्दुराष्ट्रको मुद्दाले एकाएक माहोल तताएको छ। 

कृषि विकास बैकको तालिम केन्द्रको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रमको समापनका दिन सबैलाई समेट्ने भएका कारण लोकतान्त्रिक प्रणाली भएको भनेर उपसभापति विमलेन्द्र निधीले प्रशिक्षण दिदै गर्दा हिन्दुराष्ट्र पक्षधर महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुले एकाएक ७१९ महासमिति सदस्यको मतको सम्मान खै भन्दै आपत्ती जनाएका थिएI

बहुसंख्यक जनताको माग हिन्दुराष्ट्र रहेको भन्दै हलमा उपस्थित बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले होमा हो थप्दै एकस्वरमा हिन्दुराष्ट्रको पक्षमा वकालत गर्न थालेपछि स्थिति गर्माएको थियो।

प्रत्युत्तरमा निधिले कांग्रेस सबैको हो भन्दै के अब हिन्दु कांंग्रेस बनाउने त भनेर सोधेका थिए। यो विषयले हलमा करिब १ घण्टा चर्काचर्की परेको एक सहभागीले बताए ।

हलमा हिन्दुराष्ट्र अभियानका नेताहरु लक्ष्मण घिमिरे, महासमिति वैठकमा हिन्दुराष्ट्रको अभियानका संयोजक राजुराज जोशी, अभियान्ताहरु नरोत्तम वैद्य, लोकेश ढकाल, कृष्णा अमात्य, प्रशान्तमान सिंह मास्के, दामोदर गौतम लगायत बहुसंख्यक हिन्दु अभियान्ताहरुको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ