सार्क सम्मेलन गराउन परराष्ट्र मन्त्री ज्ञवालीलाई सार्कटुक महासचिव बस्नेतको आग्रह
प्रकाशित २०७६ भदौ २२ आइतबार
723
Shares
काठमाडौ। परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र दक्षिण एसियाली ट्रेड युनियन परिषद सार्कटुकका महासचिव लक्ष्मण बहादुर बस्नेतबिच भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा सार्कटुकका महासचिव बस्नेतले नेपाल सार्क अध्यक्ष राष्ट्रको हैसियतले सार्क सम्मेलन चाडो गराउन पहल गर्न आग्रह गरेका थिए।
बस्नेतले भने ' सार्क सम्मेलन हुन नसक्दा श्रमिकका महत्त्वपूर्ण एवं संवेदनशिल मुद्दाहरू अगाडि बढ्न सकेको छैन । सन् २०१४ को सार्क सम्मेलनले श्रमिक वर्गलाई प्रत्यक्ष छुने मुद्दा सामाजिक संरक्षण र आप्रवासनलाई पास गरेको भए पनि कार्यान्वयन गर्न सकिरहेको छैन्।'
सार्क सम्मेलन हुन नसकेकै कारण सार्क राष्ट्रका श्रमिकहरु विभिन्न समस्यामा रहेकोले नेपालले छिटोभन्दा छिटो सम्मेलन गराउन मध्यस्थताको भुमिका खेल्न बस्नेतले जोड दिए।
जवाफमा मन्त्री ज्ञवालीले नेपाल अध्यक्ष राष्ट्रको हैसियतले पनि समग्र सार्कको समृद्धि, दिगो विकास, शान्ति र सामाजिक न्यायकोलागी सम्मेलन आयोजना गर्न मध्यस्थताको भुमिका खेल्ने बताए।
सार्क सम्मेलन सन् २०१४ मा नेपालमा सम्पन्न भए पश्चात् सन् २०१६ मा पाकिस्तानमा हुने भनिए पनि भारत र पाकिस्तानबिचको द्वन्द्वको कारण अहिलेसम्म हुन सकेको छैन ।