arrow

प्रवासी नेपालीद्वारा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ भदौ २२ आइतबार
death_help-pic.jpg

स्याङ्जा । बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका स्याङ्जाको चिन्नेबासका पुजन कोईरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्पेनमा रोजगारी गर्दै आएका कोईरालाको २०७६ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो । काठमाडौमा बस्दै आएका पुजनकी आमा देवि कोईरालालाई शनिबार वालिङमा जनप्रतिनिधि, पत्रकार, समाजसेवीहरुको सहभागितामा २ लाख २५ हजार  ७ सय ५२ रुपैया प्रदान गरिएको हो ।

बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाएका थिए । सो रकमलाई वालिङका वालिङ नगरपालिकाका नगर प्रवक्ता तथा १ का वडा अध्यक्ष र समाजसेवी नेत्रप्रसाद पाण्डेले पुजनकी आमालाई हस्तान्तरण गरेका हुन् । एक नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले बेल्जियममा रहेका स्याङ्जावासी तथा नेपालीहरुले पुजनको सम्झनामा रकम संकलन गरेर उदाहरणीय काम गरेको नगर प्रवक्ता काफ्लेले बताए । यस्तो कार्य सबैले सिक्नु पर्ने बताउदै काफ्लेले मृत्यू थाहा पाएर नहुने बताए ।

बेल्जियममा संकलन गरेको रकम वालिङका समाजसेवी नेत्रप्रसाद पाण्डेलाई पठाइएको थियो । श्रीमान र छोरा गुमाएकी पुजनकी आमा एक छोरीका साथ काठमाण्डौं बस्दै आएका छन् । आशाको दियो निभेको भन्दै पुजनकी आमा देवी कोइरालाले छोराको संम्झनामा पठाएको रकमको छोराकै निम्ति सदुपयोग गर्ने बताईन् । श्रीमानले छाडेर गएपनि छोराको आशामा बसेकी कोइरालालाई एक पछि अर्को बज्रपातले पछ्याएको भएपनि आफ्नो आत्मबल लिएर अगाडी बढेको भावना व्यक्त गरिन् । सहयोग गर्नुहुने सबै प्रति आभार समेत व्यक्त गरेकी छन् उनले ।

विदेशमा रहेका नेपालीहरुले आफ्नो खर्च कटाएर पीडित परिवारलाई सहयोग गर्नु अन्त्यन्तै स्रहानिय काम भएको समाजसेवी पाण्डेले बताए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ