arrow

तरुण दलका महासचिव शाहीको बिद्रोहले कांग्रेस नेताहरु झस्किए, कार्वाहीको माग

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
bhupendrajung-shahi.jpg

काठमाडौं । नेपाली कांग्रेसको दोसो चरणको जागरण अभियान सुरु हुन दुई दिन बाकी रहदा सो को बिरोध गर्दै तरुण दलका नाममा  महासचिव भुपेन्द्र जंग शाहीले अलग कार्यक्रममको परिपत्र गरेपछि तरंगीत भएको छ ।  राष्ट्रिय जागरण अभियानलाई नौटंकि भन्दै तरुणदलका नाममा अलग कार्यक्रमको परिपत्र गरेपछि पार्टी संस्थापन निकट नेता कार्यकर्ता रुष्ट भएका छन् ।  उनिहरुले महासचिव शाहीलाई अनुशासनको दायरामा ल्याउन ढिलो गर्न नहुने समेत बताउन थालेका छन् ।

नेपाली कांग्रेस पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठाले भदौ २४ बाट देशभर जागरण अभियान गर्न लागेको बेला तरुण दलका महासचिव शाहीले आइतबार नै तरुण दलका सबै जिल्ला समितिलाई परिपत्र गर्दै वीपी कोइरालाको १०६ औँ जन्मजयन्ती रचनात्मक कार्यक्रम गरि मनाउन भनेका छन् ।

साथै भ्रष्टाचार मुक्त नेपाल सुसाशन युक्त नेपाल अभियान सबै जिल्ला, नगर, गाँउ, वडासम्म लिएर जान तथा भ्रष्टाचार बिरुद्ध अभियान संचालन गर्न शाहीले परिपत्र गरेका हुन् ।

कांग्रेस नेतृत्वसँग बिद्रोह गर्दै तरुण दलका नाममा शाहीले अलग कार्यक्रम ल्याएपछि कांग्रेस नेतृत्व भने झस्किएको छ । संस्थापन निकट कतिपय कांग्रेस नेताले शाहीलाई अनुशासनको कार्वाही गर्नुपर्ने भन्दै नेतृत्वलाई दबाब समेत दिएका छन् ।   
 
यसअघि महासचिव शाहीले नेतृत्वबिरूद्ध गम्भिर आरोप लगाउदै भातृ संस्थाका केन्द्रीय समिती बिस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेत्तृत्वबाट पार्टी जागरणको डङ्का मात्र फुकेर केहि औचित्य नहुने बताएका थिए ।

उनले नेपाली कांग्रेसको पार्टी नेत्तृत्वलाई जागरणमा जानु अगाडि तरुण दल र नेविसंघलाई पूर्णता दिन जोडदार माग गरेका छन् । तरुण दललाइ ४ जनामा सिमित राख्नु र नेबिसंघलाई शुन्यमा राख्नु लोकतान्त्रिक पार्टीको लागि लाजमर्दो बिषय भएको उल्लेख गर्दै उनले भने,' केन्द्रलाई नै जागरण गर्न नसक्ने पार्टीका नेताहरूले गाउँमा गएर जागरण गर्छु भन्नू नौटङ्की मात्र हो।'

उनले भने,'भातृ संस्थाको बेहाल पार्ने र युवाहरुको भबिष्यलाई चौपट पार्ने पार्टीको लाचारी पनको म तरुण महासचिवको हैसियतले गम्भीर आपत्ति व्यक्त गर्दछु। तरुण दल र नेबिसंघलाई तत्काल पूर्णता दिन सम्पुर्ण युवाहरुको तर्फबाट जोडदार माग गर्दछु।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ