arrow

चीनतर्फ गाई तस्करी, दुई जना पक्राउ

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
nepal-china-flag.jpeg

नुवाकोट । अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।     
     
बट्टारबाट किस्पाङ गाउँपालिका–३ काउलेका ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आइत तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ११ वटा गाईसमेत नियन्त्रणमा लिएको छ ।

बट्टारमा शनिबार एक गाई खाल्डोमा खसेर अड्किएको अवस्थामा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरेका थिए भने एक गाई मृत फेला परेको थियो ।     
     
पक्राउ परेकाले गाई पाल्नको लागि लैजान लागेको दाबी गरेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा राखेको गाई काठमाडौँमा रहेको गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाको जिम्मामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ