arrow

फिदिममा नेपालकै अग्लो बुद्धको मूर्ति बनाइँदै

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ भदौ २३ सोमबार
Buddha-Statue-Wallpaper-1.jpg.jpeg

पाँचथर । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ । फिदिम ४ का वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो ।

नगरपालिकाले दिएको १५ लाख रुपैयाको लागतमा अहिले पर्खाल निर्माण तथा निर्माण स्थल सम्याउने कार्य भएको छ ।

झण्डै ८ करोड रुपैयाको लगानीमा निर्माण हुन लागेको उक्त बुद्धको मूर्ति सहितको पार्कको लागि बजेट अपुग भएको हुँदा विभिन्न निकायमा माग गरिएको वडाअध्यक्ष गुरुङले बताए । एक वर्षभित्रमा बुद्धको मूर्ति र पार्क निर्माण सक्ने गरी कामलाई अगाडि बढाइएको छ ।

पूर्वको प्रसिद्ध मन्दिर ताप्लेजुङको पाथिभरा मन्दिर जाने रुटमा पर्ने यो बुद्धको पार्क निर्माण भएमा आन्तारिक तथा बाह्य पर्यटकहरु,भक्तजनहरु आउने उनले बताए।

 यस स्थान बाट पूर्वको पाँचथर,ताप्लेजुङ,तेह्रथुम,धनकुटा,इलाम लगायतका जिल्लाको दृश्यावलोकन गर्न सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ