arrow

खराब मौसमपछि हेलिकप्टर आकस्मिक अवतरण

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
helicopter-crash-uddar.jpg

दैलेख । सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ ।

सोमबार बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

बिहान ७:३० बजे  बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।

हेलिकप्टरमा चालक दलका तीन सदस्य मात्र  थिए । हेलिकप्टर दैलेखदेखि नेपालगञ्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगञ्जबाट पुन उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए।

 दैलेखमा आज  बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ