arrow

यसरी गर्दैछ धनकुटा कांग्रेसले दोस्रो चरणको जागरण संचालन

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
dhankuta-congress.JPG

धनकुटा । हिमाल,पहाड, तराई र मधेस(हिपतम) भन्ने मुल नाराका साथ नेपाली कांग्रेसले संचालन गर्न लागेको दोस्रो चरणको  जागरण अभियान अन्र्तगत नेपाली कांग्रेस धनकुटाले दुवै वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा संचालन गर्ने सोमबार जनाएको छ ।

नेपाली कांग्रेसलाई जिवन्त दिदै सशक्त बनाउने उदेश्यले संचालन गरिएको दोस्रो चरणको जागरण अभियान अन्र्तगत धनकुटाका प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) को सागुरीगढीको डाडाबजार स्थित पर्यटकीय केन्द्र ध्वजे डाडामा र  प्रदेश सभा नर्विाचन क्षेत्र नं. (ख) को पाख्रिवास नगरपालिकाको पाख्रिवास बजारमाको पर्यटकीय केन्द्र  सनसरी ताल तलौया सिमसार क्षेत्रमा जागरण अभियानको उद्घाटन गरी  भाद्र २४ गते गरी असोज ७ गते सम्म संचालन गरिने नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए।

जागरण अभियानको उद्घाटन धनकुटको दुवै प्रदेश सभा निर्वाचन क्षेत्रमा महामानव यगु पुरुष वि पी कोईरालाको १०६ औ जन्म जयन्तीको अवसरमा भाद्र २४ गते प्रत्येक क्षेत्रमा १०६ वटा विरुवा रोपेर केन्द्रिय प्रतिनिधि र पार्टीका नेताहरुले उद्घाटन गर्ने नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष दिनेश राईले जानकारी दिए।

नेपाली कांग्रेस केन्द्रिय समितिले दोस्रो चरणको जागरण अभियान संचालन गर्नका लागी धनकुटका प्रदेश सभा निर्वाचत क्षेत्र (क) का लागी नेपाली कांग्रेसका यूवा नेता विश्व दिप लिङदेन र  प्रदेश सभा निर्वाचत क्षेत्र (ख) का लागी नेपाली कांग्रेसका नेता घनेन्द्र कुवरलाई  केन्द्रिय प्रतिनिधिको रुपमा पठाएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

दोस्रो चरणको जागरण अभियान अन्र्तगत नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लाको दुवै प्रदेश सभा निर्वाचन क्षेत्र अन्र्तगतका ६० वटै वडाहरु र ७ वटै पालिकामा रचनात्मक तथा सामाजिक कार्यहरु गर्दै असोज ७ गते सम्म  गरी १५ दिन जागरण अभियान संचालन गर्ने र जिल्ला सदरमुकाम धनकुटामा असोज ७ गते भव्य रुपमा नारा जुलुससहित समापन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

नेपाली कांग्रेस धनकुटाले यस अघि पनि पहिलो चरणको एक महिने जागरण अभियान अन्र्तगत सात वटै पालिकाका र ६० वटै वडाहरुमा कार्यक्रमहरु संचानल गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ