arrow

समितिमा रहेका तीन विधेयक तत्काल सच्चाउन कांग्रेसको माग

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदमा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिहरुमा छलफलको क्रममा रहेका तीन विधेयकहरुलाई तत्काल सच्चाउन  माग गरेको छ ।

कांग्रेसले  नेपाल सरकारद्वारा संघीय संसदमा प्रस्तुत गरेको ‘‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’’, ‘‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’’, ‘‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’’ लगायतका संविधान प्रतिकूलका विधेयकहरु  सच्चाउन  माग गरेको हो ।

 कांग्रेस संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार विज्ञप्ति जारी गर्दै  विधेयक माथि माननीय सांसदहरुले प्रस्तुत गरेको संशोधन प्रस्ताव र समिति एवं उपसमितिहरुमा राखेको फरक मत प्रति वर्तमान सरकार संवेदनशील नभएकोमा नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,' नेपालको संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थालाई उलंघन गर्दै संविधान  प्रतिकूलका कुनै पनि विधेयकहरु नेपाली कांग्रेसलाई स्वीकार्य छैन । तसर्थ संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी प्रस्तुत भएका विधेयकहरुलाई तत्काल सच्चाउन नेपाली कांग्रेस जोडदार माग गर्दछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ