arrow

बाबुराम भट्टराईले धर्म परिवर्तन गर्न उकास्नु आपत्तिजनक : कमल थापा

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
kamal-thapas1.jpg

हेटौंडा ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दलितहरुको एक कार्यक्रममा हिन्दु धर्मको बिषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । थापाले पुर्व प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिवर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको दाबी गरेका छन् ।

हिन्दु धर्मले जन्मको आधरमा कहि कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउदै धार्मिक ग्रन्थ राम्ररी अध्यक्ष गर्न सुझाउ दिएका छन् । 'भट्टराई जी म सँगै अध्ययन गरेको मित्र हुनुहुन्छ,' हिन्दु धार्मिक ग्रन्थले कहि कतै जन्मको आधारमा छुवाछूत र विभेद गर्ने कुरा गरेको छैन भन्दै थापाले जातिय द्वन्द्व हुने तर्क गर्दै हिड्नु जिम्मेवार ब्यक्तिको लागि अशोभनीय भएको बताए ।

हेटौंडामा सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुक ठुला दल, ठुला कर्मचारी र ठुला ब्यबसायिको सेटिङ्गमा मनपरी ढंगले संचालन भएको आरोप लगाए । मुलुकमा मनपरी छ, जसले रे गरेनी हुने अबस्था आयो , कोहि कसैसङ्ग डराउनु नपर्ने भयो भन्दै थापाले ब्रम्हलुटको विरुद्ध जनता जाग्नु पर्ने बिचार ब्यक्त गरे ।

बाईडबडी, ३३ क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर, मेलम्ची, बुढिगन्डकी प्रकरण ब्रम्हलुटको नमुना भएको दृष्टान्त दिए । कम्युनिस्ट र काङ्ग्रेस असफल भएको भन्दै थापाले राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैले सहयोग गर्नुपर्ने आबश्यकता औल्याए ।

 "भ्रष्टाचार,बेरोजगारी र धर्मपरिवर्तन जस्ता समस्याहरु समाधानगर्न नेकपा असफल भयो,नेपाली कंग्रेस निरिह बन्यो। यि समस्याहरु समाधान गरि सबल र सम्बृद्ध नेपाल बनाउन सक्ने बलियो विकल्प देशले खोजेको छ।बैचारिक,संगठनात्मक र नेतृत्वको आधारमा त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ" थापाले  भने ।

 कार्यक्रममा राप्रपाका सह- महामन्त्री भक्ती सिटौला, सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला अध्यक्ष मधु अधिकारी , शिबराम थापा नगर अध्यक्ष गुरु सापकोटा , बालकुमारी डल्लाकोटी , खिल प्रसाद चौलागाईं लगायतले बोलेका थिए । प्रशिक्षणमा जिल्लाका १ सय १५ प्रशिक्षार्थिको सहभागीता रहेको छ । राप्रपा पछिल्लो समय देशब्यापी प्रशिक्षणको अभियानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ