arrow

बाबुराम भट्टराईले धर्म परिवर्तन गर्न उकासेको कमल थापाको आरोप

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
kamal-thapa-1.jpg.jpeg

हेटौंडा ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले धर्म परिवर्तन गर्न उकासेको आरोप लगाएका छन् । दलितहरुको एक कार्यक्रममा भट्टराईले हिन्दु धर्मको बिषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको थापाले बताए।

थापाले पुर्व प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिवर्तनमा उक्साउनु संविधानको मर्म र भावना बिपरित भएको दाबी गरेका छन् ।

हिन्दु धर्मले जन्मको आधरमा कहि कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउदै धार्मिक ग्रन्थ राम्ररी अध्यक्ष गर्न सुझाउ दिएका छन् । 'भट्टराई जी म सँगै अध्ययन गरेको मित्र हुनुहुन्छ,' हिन्दु धार्मिक ग्रन्थले कहि कतै जन्मको आधारमा छुवाछूत र विभेद गर्ने कुरा गरेको छैन भन्दै थापाले जातिय द्वन्द्व हुने तर्क गर्दै हिड्नु जिम्मेवार ब्यक्तिको लागि अशोभनीय भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ