arrow

सहुलियत छुट नदिएको भन्दै कालो ब्यानर प्रदर्शन

logo
मुरली गोडिया,
प्रकाशित २०७६ भदौ २४ मंगलबार

गुलरिया,बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा रहेको बसपार्क, मधुवन नगरपालिकाको सानोश्री बजारमा रहेको बसपार्क र ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बसपार्कमा मंगलबार कालो ब्यानर राखेर पर्दशन गरिएको छ ।

यातायात व्यवसायीले विद्यार्थीलाई दिनुपर्ने सहुलियत छुट नदिएको भन्दै ‘विप्लव’ निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ‘क्रान्तिकारी’ले विरोध स्वरुप कालो ब्यानर प्रदर्शन गरको हो ।

जिल्लाभरका बसपार्कमा कालो ब्यानरसहितको प्रदर्शनमा विद्यार्थीले तत्काल सरकार र विद्यार्थीहरुको सहमति अनुसार विद्यार्थीहरुले पाउनुपर्ने ४५ प्रतिशत छुट तत्काल उपलब्ध गराउन माग गरिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ‘क्रान्तिकारी’ का अध्यक्ष लोकेश जैसीले जानकारी दिए ।

साथै नियमानुसार विद्यार्थीरुले छोटो तथा लामो दुरीको यात्रा गर्दा भाडादरमा पाउदै आएको ४५ प्रतिशत सहुलियत विभिन्न बहानामा रोकिएकोले तत्काल कार्यन्वयनका लागी सचेत गराएको छ भने माग पुरा नभए कडा संघर्ष गर्न बाध्य हुने समेत जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ