विद्यालयबाट घर फर्किदै गरेका दुई बालिका बटोबाटै हराए
प्रकाशित २०७६ भदौ २५ बुधबार
345
Shares
सल्यान । एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् ।
माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले सबै ठाउँमा खोजेर नभेटृाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको खिमाका बुबा अम्मर वलीले जानकारी दिए।
“भदौ १९ गते विद्यालयबाट घर फर्किने क्रममा बाटैबाट बेपत्ता भएछन् आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएका छौ ।” वलीले भने ।
घरपरिवारले खोज तलास गरिदिनका लागि वनगाड प्रहरी चौकीमा उनीहरूको हुलियासहित निवेदन आएको त्यहाँका प्रहरी इञ्चार्ज दीपक शाही ठकुरीले जानकारी दिए ।