arrow

बाजुरामा कांग्रेसको दोस्रो जागरण अभियान सुरु

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
nepali-congress-flag.jpg.jpeg

बाजुरा। नेपाली काँग्रेसले देशभरीका ७७ जिल्लामा एकै साथ संचालन गर्न लागेको हिमाल,पहाड,तराई र मधेशको जागरण अभियान मंगलबारबाट सुरु भएको नेपाली काँग्रेस बाजुराले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

नेपाली काँग्रेस बाजुराको समन्वय तथा नेपाल प्रेस युनियन बाजुरा शाखाले बुधबार पाटी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको दुई तिहाईको सरकारले गरेका गतिविधी र जनताले चाहेका अपेक्षा संकलन गर्नका लागि पाटीले दोस्रो चरणको जागरण अभियान संचालन गरेको पाटी सभापति कविराज पण्डितले बताए ।

उहाँले केपी ओली नेतृत्वको सरकारले गरेका काम र सरकारसंगका जनताका अपेक्षा संकलन गर्दै सरकार संचालन भइरहेका बेला भ्रष्टाचार,हत्याहिंसा र महंगी बढ्दै गएको बारेमा जनतलाई सुसूचित गर्ने कार्यक्रम रहेको सभापति पण्डितको भनाई रहेको छ ।

ओली नेतृत्वको सरकारले जनताका अधिकार कटौती गरेर विभिन्न विधेयकहरुले उपयुक्त नभएको आरोप काँग्रेस लगाएको छ । सरकारले संचारमाध्यमलाई समेत कण्ठित गर्ने गरी ल्याएको विधेयक समेत सच्याउनुपर्नेमा नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन‘ख’का सभापति दीपक विक्रम शाहले बताएका छन् ।

पत्रकार सम्मेलनमा स्थानीयस्तरका वडा,नगरमा संचालन हुने दोस्रो जागरण अभियानमा खटाइएका प्रतिनिधीहरुले कम बोल्ने र जनताका कुरा सुन्ने,युवा संवाद,सामाजिक संवाद,स्थानीय तहको दुई वर्षको समीक्षा समत गरिने प्रदेश सभा ख का सभापति शाहको भनाई छ । 

स्थानीय तहमा नेपाली काँग्रेसबाट जितेका र नेकपाबाट जितृका तहमा गरेका काम कतव्र्य र उनीहरुले गरेका विकासका गतिविधी बारेमा छलफल गरिने भएको छ ।

१५ दिने अभियानमा नेपाली काँग्रेस बाजुराले प्रदेश सभा निर्वाचन कर ख मा कार्य समिति बनाएको छ ,भने ९ वटै स्थानीय तहमा जिल्ला स्तरबाट प्रतिनिधी खटाईएको पत्रकार सम्मेलनमा काँग्रेसले जनाएको छ ।

प्रदेश सभा क्षेत्रीय समिति गठन

देशभरी संचालन हुने दोस्रो चरणको अभियान सफल पार्नका लागि नेपाली काँग्रेस बाजुराले प्रदेश सभा निर्वाचन‘क’ र ‘ख’मा प्रदेश क्षेत्रीय कार्य समिति गठन गरेको बुधबार पत्रकार सम्मेलनमा पाटी सभापति कविराज पण्डितले जानकारी गराएका छन् ।

उनले प्रदेश‘क’मा पाटी उप सभापति  गोविन्द्र मल्ललाई सभापतिमा निर्वाचित गरेको छ ।

यस्तै कोषाध्यक्ष नारायण पाध्याय,सह सचिव नरेन्द्र कुमार रोकाया,सदस्यमा अर्जुन विष्ट,सुभद्रा पाण्डे,तनेजिङ भोटे र मोहनसिं कार्की निर्वाचित भएको निर्वाचन भएको सभापति पण्डितले बताएका छन्  ।

यस्तै प्रदेश सभा‘ख’क्षेत्रीय समितिको सभापतिमा पाटी सचिव दीपक विक्रम शाहलाई निर्वाचित गरेको छ । सचिवमा रनसिं अयडी,प्रवक्ता नर बहादुर शाही,सदस्यमा मन बहादुर रावल,रामसिं रावल,देव बहादुर रोकाया निर्वाचित भएका छन् ।

 त्यस्तै  सदस्यमा धनराज पण्डित,तिलकराज पुरी,दिपा बोहरा,उमा रोकाया र शेर बहादुर खाती निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै जिल्लाका ९ वटै स्थानीय तहका लागि नेपाली काँग्रेसले ९ जना स्थानीयस्तरमा प्रतिनिधीका रुपमा खटाएको छ । जसमध्ये  प्रदेश सभा क क्षेत्रमा हिमाली गाउँपालिकामा नारायण पाध्याय,स्वामीकार्तिक खापर गाउँपालिका तेनजिङ भोटे,बुढीनन्दा नगरपालिका मोहनसिं कार्की, र जगन्नाथ गाउँपालिकामा ऐनबहादुर मल्ललाई खटाइएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

यस्तै प्रदेश सभा‘ख’क्षेत्रमा बुढीगंगा नगरपालिका धनराज पण्डित,त्रिवेणी नगरपालिका रनसिं अयडी,बडीमालिका नगरपलिका दिपा बोहरा,खप्तड छेडेदह गाउँपालिका रङ्गबहादुर खाती र गौमुल गाउँपालिकामा उमा रोकायालाई प्रतिनिधीका रुपमा खटाएको पाटी सचिव रनसिं अयडीले बताए ।

स्थानीय स्तरमा खटिएका प्रतिनिधीहरुले नगर तथा गाउँपालिका र वडास्तरमा समेत जनताका अपेक्षा र कम बोल्ने बढी जनताका प्रतिक्रिया लिन आग्रह गरेको छ ।

अभियानलाई सफल पार्न संचार माध्यमको महत्वपुर्ण भुमिका रहेकाले संचार माध्यामलाई सहयोग गर्न काँग्रेसले सम्मेलनमा अपिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ