arrow

' प्रधानमन्त्री ओली काण्डै काण्डका महानायक '

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
Nain_Singh_Mahar.jpg

काठमाडौं। नेविसंका निवर्तमान अध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी ओली काण्डै काण्डका महानायक भएको बताएका छन्। 

वर्तमान सरकार काण्डै काण्डमा फसेको टिप्पणी गर्दै महरले प्रधानमन्त्री ओली त्यस काण्ड मच्चाउने सरकारको महानायक भएको बताए। उनले कम्युनिष्ट सरकारले जनताको मन जितेर काम गर्न नसकेको बताए। 

महरले हरेक बर्ष बढिरहेको शैक्षिक शुल्क कम गर्न समेत नसकेको बताए। बिहिबार नेपाल विद्यार्थी संघ काठमाडौ फरेस्ट्री कलेजको इकाइ अधिबेशनमा बोल्दै नेता नैनसिंह महरले प्राविधिक शिक्षामा हरेक बर्ष बढिरहेको शुल्क कम हुनुपर्ने बताए ।

नेता महरले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको पनि प्राविधिक शिक्षासम्म पहुँच पुर्याउने एजेण्डा बोक्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरे।

अधिबेशनमा बोल्दै महरले अधिबेशनको सफलताको कामना गर्दै नयाँ समितिले बिद्यार्थीको हक, हितमा काम गर्ने र आवाज उठाउने विश्वास व्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ