arrow

बसमा यात्रा गरिरहेकी किशोरीलाई करणी गर्न खोज्ने बस चालक र सहचालक पक्राउ

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
pakrau-new.jpeg

मोरङ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा  प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।
 
खड्का बस चालक र न्यौपाने बसका सहचालक हुन । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना ६ ख ९३४४ नं को  बस चढेकी किशोरी झापा दमकमा उत्रन लागेको बेला उनीहरुले बस घुमाएर मोरङको रङ्गेली नगरपालिका– ९मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेका हुन् ।

 बलात्कार प्रयास गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीले मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी  अनुसन्धान भई रहेको मोरङ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ