arrow

प्रेमीकालाई कुटेर गाई गोठमा छोडे, मृत्युपछि ४५ वर्षीय चुँडाल पक्राउ

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
pakrau.JPG

झापा । ३५ बर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका ६ दामुनाका  ४५ वर्षीय पुण्य चुँडाललाई भदौ २५ गते पक्राउ गरेको छ ।

गत भदौ २१  गते आफुसंगै बस्दै आएकी नाम नखुलेकी सिर्जना भनेर बोलाउने आफ्नै प्रेमीकालाई कुटपिट पछि छोडेर  हिडेको र उनको उपचारका क्रममा भदौ २२ गते कोशी अञ्चल अस्पतालमा मृत्यु भएपछि प्रहरीले चुँडाललाई खोजी गरिरहेको थियो ।

कुटपिट पछि रतुवामाई नगरपालिका ६ का हरिबहादुर खड्काको गाई गोठमा महिलालाई छोडेर चुडाल भागेका  थिए ।

शरिरका विभिन्न भागमा चोट लागेकी महिलाको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरीले कोशी अञ्चल अस्पताल ल्याएको मोरङ प्रहरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए।  
 
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विगत एक महिना यता रतुवामाई नगरपालिका– ६ मा  बस्दै आएको मोरङ प्रहरीका प्रबक्ता श्रेष्ठले बताए ।

 चुँडाललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

शवको परीक्षण कोशी अञ्चल अस्पतालमै गरिएपनि जिम्मा लिने कोही नभएका कारण शव गृहमा राखिएको  प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ