arrow

बाँके घटनाले कम्युनिष्टको चरित्र उदाङगिएको छ : डिल्ला संग्रौला

logo
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
dilla-sangroula.JPG

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. डिल्ला संग्रौलाले  बाँके जिल्ला, खजुरा गाँउपालिकाको सितापुरमा नेपाली काँग्रेस पार्टीको जागरण कार्यक्रम चलिरहेको अवस्थामा नेकपाका कार्यकर्ताहरु प्रवेशगरी अन्धाधुन आक्रमण गरेका नेकपा कार्यकर्तालाई तत्काल कार्वाही गर्न माग गरेकी छन्।

आक्रमणबाट नेपाली काँग्रेसको जिल्ला सभापति श्रीमती किरण कोइरालाको हात फ्याक्चर भएको छ भने केन्द्रीय प्रतिनिधि विध्या प्रसाद खनाल लगायत दर्जनौ स्थानीय नेता तथा कार्यकर्ताहरु घाइते भएका छन ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै  संग्रौलाले भनिन्,' यो घटनाले कम्यूनिष्टको चरित्र उदाङगिएको छ । सत्ता र शक्तिको उन्मादमा गुण्डागर्दी शैलीमा भएको घृडीत आक्रमणको घोर भत्सना गर्दछु । कुनै पनि राजनीतिक दलले शाान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने संवैधानिक अधिकार माथि ठाडो प्रहार भएको छ । यस किसिमको अराजक घटना एवं अमानवीय कार्य हुदाँसम्म पनि सुरक्षा निकाय, स्थानीय प्रशाासन एवं सरकार मौन वस्नु अत्यन्त दुखदायी कुरा हो । घाइतेहरुको शिघ्र स्वास्थय लाभको कामना गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ