arrow

पूर्व एमालेले यसरी हराइदिए प्रचण्डलाई

कांग्रेसको उमेद्वार कँडेललाई पूर्व एमालेको सहयोग रहँदा प्रचण्डको सालो गौतम भारी मतले पराजित

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार
prachanda-umananda.jpg

चितवन। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध पूर्व एमालेहरुले चितवनमा व्यापक घेरावन्दी गरि असफल गराउने सिलसिला शुरु भएको छ। पूर्व एमालेहरुले प्रचण्ड बिरुद्ध निरन्तर रुपमा घेरावन्दी गरि असफल गराउन लागिपरेको पूर्व माओवादीहरुले पटक पटक भनिरहेको बेला प्रचण्डलाई नै चकित तुल्याउने गरि उनी बिरुद्ध प्रहार भएको छ। 

घेरावन्दीको क्रममा प्रचण्डका आफ्ना पारिवारिक नातेदारलाई हराएर पूर्व एमालेहरुले प्रचण्ड बिरुद्ध औपचारिक रुपमै मोर्चा खोलेका छन्। प्रसङग हो निर्माण व्यवसायी महासंघ चितवनको निर्वाचनको।

प्रचण्डको आप्नै सालो तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको आफ्नै मामा छवि गौतमलाई हराउन पूर्व एमालेहरु यसरी एकजुट भएकी प्रचण्ड र पूर्व माओवादीहरु हेरेको हेर्यै भए। गौतमलाई कांग्रेसका उमेद्वार बाबुराम भनिने उमाकान्त  कँडेलले भारी मतले हराए।

चुनावी अंक गणित कांग्रेस निकट व्यवसायिहरुको पक्षमा थिएन। ९५ जना व्यवसायीहरु कांग्रेस निकट थिए। पूर्व एमाले र माओवादी गरि नेकपा निकट १८९ जना व्यवसायीहरु थिए। तर परिणाम भने कांग्रेस निकट व्यवसायी कँडेलको पक्षमा आयो। उनले २०४ मत ल्याए भने प्रचण्डको सालो गौतमले जम्मा ६८ मत मात्र ल्याए। 

एक व्यवसायीका अनुसार गौतमले ल्याएको मत पूर्व माओवादी निकटको मात्र हो। पूर्व एमालेहरुले सबै कांग्रेसका उम्द्वारलाई भित्रि रुपमा सघाए नत्र कांग्रेस निकटका उम्देवार जित्ने कुनै सम्भावना नै थिएन। 

प्रचण्ड आफूसँगै छोरी पनि निर्वाचित भएको चितवनमा आफ्नो साला यसरी घेरावन्दीमा परि पराजित होलान भनेर सायद अनुमान पनि गरेका थिएनन होला। तर यो परिणामले पूर्व एमालेहरु मौका पर्दा प्रचण्डलाई कसरी राजनीतिबाट विस्थापित गर्ने तयारीमा छन भन्ने प्रष्ट देखाएको छ। यो घटनाले भित्रभित्रै नेकपा भित्र पूर्व पार्टी निकटहरुको गुटवन्दी सतहमा पनि आएको छ। परिणाम आएपछि प्रचण्ड निकटहरुले पनि पूर्व एमाले निकटहरु उमेद्वार भएको ठाउँमा यसको हिसाव लिने खुल्ला चुनौति दिदै हिडेका थिए। 

प्रचण्डको पारिवारिक सदस्यमाथि मार्फत प्रचण्डमाथि गरिएको यो प्रहारले चितवनको नेकपा भित्रको आन्तरिक गुटवन्दी र लडाँइलाई पनि सतहमा ल्याएको छ। पूर्व माओवादीहरुले गौतमलाई मत नदिएर अध्यक्ष प्रचण्डको गालामा थप्पड हान्नेहरु बिरुद्ध हिसाव गरिने प्रतिक्रिया दिएका छन्। यसको तत्कालको प्रतिक्रिया पूर्व माओवादीबाट कुन स्वरुपमा कसरी आउँछ त्यो भने हेर्न बाँकी छ।  

चुनावमा द्धितीय उपाध्यक्षमा बाम प्यानलका दिनेशचन्द्र न्यौपाने विजयी भएका छन् । उनले काँग्रेस निकटका भिष्म अधिकारीलाई पराजित गरे । न्यौपानेले १५४ मत प्राप्त गरे भने अधिकारीले ११६ मत प्राप्त गरे । यस्तै संघको सचिवमा झिनो मतान्तरले पुष्कर अधिकारी विजयी भएका छन् । अधिकारीले १३६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याए । त्यसैगरी सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी भएका छन् । दुवाडीले १६० मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी बाबुराजा सिंहले १११ मत प्राप्त गरे ।

यस्तै संघको खुुल्ला सदस्यमा सहदेव उप्रेती २१८ं, संजय न्यौपाने १८५, शिवलाल ढकाल १७१, प्रकाश तिवारी १६८, दीपक अधिकारी १५९, विष्णु प्रसाद लामिछाने १४५, दीपक पाठक १३९ र पिताम्बर बास्तोला १३७ मत ल्याएर विजयी भएका छन् । कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो।

यस्तै संघको बिहीबार भएको मनोनयन दर्ताको क्रममा प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने र महासचिवमा पुस्तक अधिकारी निर्विरोध निर्वाचित भएका थिए । यस्तै शुक्रबार निर्वाचन हुनुपूर्व कोषाध्यक्षका प्रतिस्पर्धी कमलराज आचार्यले उम्मेद्वारी फिर्ता लिएपछि उत्सव भट्टराई पनि निर्विरोध निर्वाचित भएका थिए। यस्तै महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । सोही पदमा उम्मेद्वारी दिएकी अनुजा धितालले उम्मेद्वारी फिर्ता लिएपछि भट्टराई महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचनमा कुल २७८ मत खसेको छ । मतदानका लागि कुल २८४ मतदाता रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ