arrow

इन्द्रदहमा दर्शनार्थीको भीड

logo
रासस,
प्रकाशित २०७६ भदौ २८ शनिबार
siddhapokhari-bhaktpur.jpg

भादगाउँ। सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ। इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित ल्याइएको इन्द्रायणीदेवी दर्शन, पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो।

यसअघि भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवीलाई खट जात्रा गर्दै नगरपरिक्रमा गराई इन्द्रदह ल्याइएको थियो। इन्द्रदहमा दीपावली गरी इन्द्रायणी देवीलाई इन्द्रदहमा विराजमान गराइएको थियो। देवीलाई आज साँझ जात्रा गर्दै खौमास्थित द्यः छेंमा विराजमान गराइने परम्परा रहेको छ।

इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास छ। इन्द्रदहमा वासुकी नागको बसोबास रहेको विश्वास गरिन्छ। अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन रहेको छ।

इन्द्रदह परिसरमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्ति छन्। त्यहाँ रहेको शिवलिङ्गमा जल चढाइ पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वाससमेत रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ