arrow

कांग्रेसले सडकबाटै ओलीलाई सोध्यो – ‘प्रधानमन्त्रीज्यू यहाँको राज्यमा को सुरक्षित छ ?’

आमामाथिको आक्रमण – बदला लिन्छौं लिन्छौं

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार
andolan2.jpg

काठमाडौं । नेपाली कांग्रेसका बाँके जिल्ला सभापति किरण कोइरालामाथि हात भाँच्चिने गरी भएको आक्रमणको विरोधमा कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

शनिबार अपरान्ह माइतीघर मन्डलामा गरिएको प्रदर्शनमा उक्त आक्रमण गर्ने घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरिएको छ । 

Image may contain: 12 people, crowd and outdoor

प्रदर्शनकारीहरुले ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’ भन्ने व्यानर प्रदर्शन गरेका थिए ।

प्लेकार्ड बदलासमेत लिने गरी धम्की दिइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सभापतिहरुको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।

गत बिहीबार बाँकेमा कांग्रेसको राष्ट्रिय जागरण अभियानकाक्रममा जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण भएको थियो । उनको हात भाँचिएको छ ।

Image may contain: 11 people, people standing

प्लेकार्ड बदलासमेत लिने गरी धम्की दिइएको छ । त्यसैगरी एनसेलको अरबौं घोटालाका भ्रष्टाचारीलाई कार्वाही गर लेखिएको प्लेकार्डसमेत आन्दोलनकारीले बोकेका थिए । 

आमामाथिको आक्रमण – बदला लिन्छौं लिन्छौं लेखिएको प्लेकार्ड पनि बोकिएको थियो । 

उक्त घटनामा एक दर्जन स्थानीय नेता–कार्यकर्ता घाइते भएका थिए । 

Image may contain: 10 people, people smiling, crowd and outdoor

यसअघि काँग्रेसले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा बादललाई चेतावनीसहित ज्ञापनपत्र बुझाएको थियो । 

काँग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानलाई यस्ता आक्रमणकारीलाई कार्वाही गर्न माग गर्दै अझ सशक्त बनाउने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ