arrow

प्लेनमा एक घण्टा कुराउने मन्त्री योगेश भट्टराईलाई यसरी झपारे यात्रुले, मन्त्री निरुत्तर [भिडियोसहित]

संस्कृति मन्त्रीलाई संस्कार सिकाए यात्रुले

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार
bhattarai.jpg

नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आलोचनाको शिकार भएका छन्।

नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको बुद्ध एयरको जहाज मन्त्री भट्टराईलाई कुर्दा उड्न एक घण्टा ढिला भएपछि यात्रुहरु आक्रोशित भएका हुन् । 

मन्त्री भट्टराईले ढिला गर्दा काठमाडौं जान नपाएका यात्रुले मन्त्री भट्टराई जहाजमा चढ्ना साथ क्लास लिएका हुन् । उनीहरुले संस्कृति मन्त्रीलाई संस्कार समेत सिकाएका छन्।

पटक पटक भीआईपी सवारी र भीआईपीका नाममा जहाज ढिला उडाउने लगायत हवाइ मार्गमा समेत हैरानी बेहोरेर आजित भएका यात्रुले अहिलेसम्मको सबै झोंक मन्त्री भट्टराईको क्लास लिएर पूरा गरेका हुन् । 

बुद्ध एयरले थुप्रै यात्रुको भावनामाथि खेलेर एक जना मन्त्रीका लागि उडानमा ढिलाई गर्दा भने बुद्ध एयरको दायित्वमाथिसमेत प्रश्नचिन्ह खडा भएको छ । 

बुद्ध एयरले पहिलेदेखि नै यात्रुमाथि खेलबाड गरेका घटना सार्वजनिक हुँदै आएका छन् । गुनासो बढ्दै जाँदा यात्रुहरुले यसपटक मन्त्री भट्टराईको क्लास लिएर सर्वसाधारणको सम्मान गर्नसमेत सरकार र सेवा प्रदायक निकायलाई सचेत गराइएको छ । 

पीडितहरुले यसको जवाफ खोज्दा मन्त्री भट्टराई निरुत्तर भए । उनीहरुले यसको जवाफ नपाएसम्म सामाजिक संजालमा बहस चलाइरहने बताएका छन् । 

मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।  

मन्त्री भट्टराईले यसो भने

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमाडौं फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो। भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३-४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो। एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने। त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहाले।  सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु। मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।

https://www.facebook.com/gyanendra.shahi.31/posts/2353477341388425


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ