arrow

सत्तारुढ नेकपाबाट असन्तुष्ट दर्जनौं नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश, यस्तो छ असन्तुष्टि

logo
प्रकाशित २०७६ भदौ २९ आइतबार
sher-party.jpg

बाँके। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रति असन्तुष्ट दर्ननौं नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

सरकारको चौतर्फी आलोचना हुन थाल्नुका साथै आफ्नालाई मात्र हेर्ने पार्टीको प्रवृत्तिदेखि रुष्ट इमानदार नेता–कार्यकर्ताले पार्टी परित्याग गर्न थालेका हुन् । 

यसैक्रममा कोहलपुरमा शनिबार दर्जनौंको सख्यामा नेकपाका नेता–कार्यकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले जनाएको छ । 

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा भएको घटनाले नेकपाको चौतर्फी रुपमा आलोचना भईरहेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले उनीहरुलाई पार्टी प्रवेश गराए । 

कांग्रेसमा प्रवेश हुनेमा राप्तीसोनारीस्थित नेकपाका क्षेत्रीय सदस्य मनोज बैश्य, राप्तीसोनारी १ निवासी नेकपाका स्थानीय नेता एवम् तत्कालिन स्थानीय तह निर्वाचनमा वडा सदस्यका उम्मेदवार जनक खड्का, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ निवासी बिनोद चौधरी, दीपक राना, सुकराम राना, दुर्गा बिक, ससिराम राना, संगिता बिक, सुमन बिक, धनकुमारी बुढाथोकी, सपना बिक तथा कोहलपुर ११ का सिताराम थारु, गणेश खत्री, गोपाल लम्साल, कोहलपुर १० का प्रेमराज भट्टराई रहेका छन् । 

यस्तै कोहलपुर ८ पिपरी निवासी शिवलाल बुढा, पविक बिक, हुमकली डाँगी, प्रेमकुमारी चौधरी, कोहलपुर १५ का प्रेमप्रसाद बोहरा, कोहलपुर १३ का बिरसिंह घर्ती, कोहलपुर ११ बसपार्कका कबिन्द्र भट्टराई, कृष्ण रेग्मी, कोहलपुर १ कौशिलानगरका यमबहादुर थापा, प्रदिप शाही, गगन गुरुङ, देवबहादुर थापा, भरत दर्लामी, अर्मन सुनार, गोविन्द केसी, अजित नेपाली, किसन बस्नेत, कोहलपुर(२ का राजु बिक, कोहलपुर ५ का आकाश बिक लगायत दर्जनौं ब्यक्ति प्रवेश गरेका हुन् ।

उनीहरुले नेकपा अराजकतातर्फ गईरहेको, चुनावमा बोलेका बाचा पुरा नगरेको, जनतालाई महंगीको मारमा पारेको, कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले परित्याग गर्नु परेको बताएका छन् । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेकपाको सरकारले जनतालाई दुःख मात्र दिने काम गरेको बताए । 

कम्युनिष्ट सरकारले गरिरहेको भ्रष्टाचारको विरुद्ध जनताले स्वतन्त्र पुर्वक बोल्न समेत नपाएको उनको भनाई छ । 

सरकारको संरक्षणमा नेकपाका कार्यकर्ताले कांग्रेसको जनजागरण कार्यक्रममाथि आक्रमण गरेको देउवाले जिकिर गरे । 

दाङबाट नेपालगन्ज आउने क्रममा देउवाले कोहलपुरमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्नुका साथै दर्जनौं नेकपा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ